२०८३, ३ श्रावण सोमबार

बैंकको प्रतिष्ठा र इज्जतलाई पहिलो कार्यसूची बनाएर काम गर्न कर्मचारीहरुलाई अर्थमन्त्रीको आग्रह

बैंकको प्रतिष्ठा र इज्जतलाई पहिलो कार्यसूची बनाएर काम गर्न कर्मचारीहरुलाई अर्थमन्त्रीको आग्रह


काठमाडौं । कृषि विकास बैंक स्थापनाको ५८ औँ वर्षमा प्रवेश गरेको छ । कृषि क्षेत्रको विकासलाई मुख्य उद्देश्य राखेर स्थापना भएको यो बैंकले २०६२ सालमा नेपाल राष्ट्र बैंकबाट वाणिज्य बैंकको रुपमा मान्यता पाएको थियो ।

बैंकको ५८औँ वार्षिकोत्सवका अवसरमा आज काठमाडौंमा आयोजित कार्यक्रममा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बैंकको क्षमता, सामर्थ, बैंकको प्रतिष्ठा र बैंकको इज्जतलाई पहिलो कार्यसूची बनाउन बैंकका सबै कर्मचारीहरुलाई आग्रह गरेका छन् । उनले बैंक सबल, प्रभावकारी र बैंकको इज्जत माथी उठ्यो भने समस्त कर्मचारीहरुको ईज्जत माथि उठ्ने भएकाले बैंकको इज्जतलाई पहिलो कार्यसूची बनाउन आग्रह गरेका हुन् ।

उनले भने, ‘विशेषगरी बैंकको व्यवस्थापन र कर्मचारी साथिहरुकाबीचमा जिवन्त सम्बन्ध हुनुपर्छ । जहाँ राम्रो सम्बन्ध हुन्छ त्यहाँ प्रगति हुन्छ । म सबै  कर्मचारीहरुलाई आग्रह गर्न चाहन्छु । यहाँहरुले सबै भन्दा पहिलो प्राथमिकता बैंकको क्षमता, बैंकको सामर्थ, बैंकको प्रतिष्ठा र बैंकको ईज्जतलाई पहिलो कार्यसूची बनाउनु पर्दछ ।बैंक सबल भयो, बैंक प्रभावकारी भयो, बैंकको ईज्जत माथि उठ्यो भने समस्त कर्मचारीहरुको ईज्जत माथि उठ्छ ।’

साथै उनले प्राय व्यवस्थापन र कर्मचारीबीच राम्रो सम्बन्ध नहुँदा कतिपय संस्थाहरुले अपेक्षित प्रगती गर्न नसकेको बताए । उनले हरेक बैंकहरुले रोजगारी सिर्जना हुने ठाउँमा आफ्नो लगानी गर्न समेत आग्रह गरे ।

प्रकाशित मिति : २०८१, ७ माघ सोमबार  १० : २९ बजे

प्रवासी नेपाली मञ्च पोल्यान्डको अध्यक्षमा अक्षय रिजाल निर्वाचित

काठमाडौं । प्रवासी नेपाली मञ्च (ओएनएफ) पोल्यान्डको पाँचौँ राष्ट्रिय अधिवेशनबाट

बागमती सरकारबाट तत्काल नबाहिरिने एमालेको निर्णय, थप छलफलपछि मात्रै निष्कर्ष

हेटौंडा । नेकपा एमालेले बागमती प्रदेश सरकारबाट तत्काल बाहिरिने निर्णय

विश्वकपको नयाँ युग सुरु, २०३० मा ६ देश र ३ महादेशमा फुटबल महाकुम्भ

काठमाडौं । विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता फिफा विश्वकप अब

‘मदन पुरस्कार–२०८२’का लागि उत्कृष्ट १० पुस्तक सार्वजनिक

काठमाडौं । मदन पुरस्कार गुठीले ‘मदन पुरस्कार–२०८२’का लागि उत्कृष्ट १०