२०८३, ४ जेष्ठ मंगलबार

संस्कृतिलाई जोगाउँदै आउने पुस्तामा हस्तान्तरण गरौं : मन्त्री सिंह

संस्कृतिलाई जोगाउँदै आउने पुस्तामा हस्तान्तरण गरौं : मन्त्री सिंह


काठमाडौं । सहरी विकासमन्त्री प्रकाशमान सिहंले पुर्खाले सुम्पिएर गएको संस्कृतिलाई जोगाउँदै आउने पुस्तामा हस्तान्तरण गर्नुपर्ने बताएका छन् ।

सोमबार तमु ल्होसारको अवसरमा काठमाडौंको टुँडिखेलमा आयोजित कार्यक्रममा बोल्दै उनले आउने पुस्तामा संस्कृति हस्तान्तरण गर्नुपर्ने भएकाले वर्तमानमा गरिरहेका गतिविधिलाई अत्यन्तै जिम्मेवार तवरले अगाडि बढाउनुपर्ने बताए ।
उनले भने,‘पुर्खाले हामीलाई छोडेर गएका जुन रितितिथि,परम्परा छन् । त्यसलाई जोगाउनको लागि वर्तमानमा सबै त्यसमा सक्रिय भएर सहभागी भएको खण्डमा जोगिने रहेछ । जसरी हाम्रा पुर्खाले सुम्पिएर गएका संस्कार संस्कृति छ त्यसलाई आउने पुस्ता,नयाँ पिँडीलाई सुम्पिनपर्ने भएकाले वर्तमानमा जे जति गतिविधि गरिरहेका छौं त्यसलाई अत्यन्तै जिम्मेवार तवरले अगाडि बढाउनुपर्छ ।’

त्यस्तै उनले धेरै लामो संघर्षबाट प्राप्त गरेको अधिकारहरुलाई सुरक्षित र संस्थागत गर्दै लैजानुपर्ने भन्दै आउने दिनमा आम नेपाली जनता र राष्ट्रलाई समृद्ध र सम्पन्न राष्ट्र बनाउनतिर सबैले शक्ति प्रयोग गर्नुपर्ने बताए ।
उनले भने,‘सबैले प्राप्त गरेको अधिकार सजिलैसँग प्राप्त गरेको होइन् । धेरै लामो संघर्षबाट प्राप्त गरेको अधिकारहरुलाई सुरक्षित राख्दै र संस्थागत गर्दै ,आउँदै गरेको दिनमा आम नेपाली जनता र राष्ट्रलाई उन्नती र सम्पन्न राष्ट्र बनाउनतिर सबैले शक्ति प्रयोग गर्नुपर्छ ।’

प्रकाशित मिति : २०८१, १५ पुस सोमबार  ५ : ४३ बजे

विद्या भण्डारीको सदस्यता खुलाउने एमाले निर्णय, पार्टी राजनीतिमा सक्रियताको संकेत

काठमाडौं । नेकपा एमाले ले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी को

एमाले सचिवालय बैठकमा ११ एजेन्डा प्रवेश, संगठनदेखि सरकार समीक्षा सम्मको बहस

काठमाडौं । नेकपा एमाले को सचिवालय बैठकमा पार्टीको आन्तरिक व्यवस्थापनदेखि

स्कटल्याण्ड १९४ रनमा अलआउट, ललित–सन्दीपको घातक बलिङ, नेपाललाई १९५ रनको लक्ष्य

काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गत जारी खेलमा स्कटल्याण्ड १९४

सभामुखको अधिकार प्रयोगमाथि प्रश्न: एमाले सांसद राईको तीव्र आपत्ति, संसदमा नियमावली विवाद चर्कियो

काठमाडौं । नेकपा एमालेका सांसद मोहम्मद इश्तियाक राई ले सभामुखको

विपि राजमार्गको विकल्प,विपि राजमार्ग नै हो : सचिव छितिज लामा

काठमाडौं । राष्ट्रिय युवा संघ नेपाल बागमती प्रदेशका सचिव छितिज