२०८३, १० आश्विन आईतबार

एमालेले नेता भीम रावललाई साधारण सदस्यबाट हटायो, विन्दा र उषाकिरणको जिम्मेवारी खोसियो

एमालेले नेता भीम रावललाई साधारण सदस्यबाट हटायो, विन्दा र उषाकिरणको जिम्मेवारी खोसियो


काठमाडौं । नेकपा एमालेले केन्द्रीय कमिटी बैठकको मिति तोकेको छ । बुधबार बसेको एमाले सचिवालय बैठकले केन्द्रीय कमिटी बैठक पुस २१ र २१ गते बोलाएको हो ।

बैठकले केन्द्रीय कमिटीका चारवटा एजेण्डा तय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । उनका अनुसार राजनीतिक प्रतिवेदन, संगठनात्मक कामको जानकारी, विगतमा सचिवालय, स्थायी कमिटी र पोलिटब्युरो बैठकले गरेका निर्णय अनुमोदन केन्द्रीय कमिटीका एजेण्डा तय गरेको छ ।

यसैगरी बैठकले सरकारको समीक्षा गरेको छ ।  समीक्षामा विगत पाँच महिनाको अवधिमा सरकारले महत्त्वपूर्ण काम अघि बढेकोमा सन्तुष्टि व्यक्त गरेको छ । बैठकपछि उपमहासचिव प्रदीप ज्ञवालीले आगामी दिनमा सरकारका काममा गति ल्याउनुपर्ने आवश्यकता बोध गरेको जानकारी दिए ।

अर्थतन्त्रमा सुधार आएको, सेयर बजार बढेको, संक्रमणकालीन विधेयक अघि बढेको, सरकारको बाह्य सम्बन्ध सञ्चालनमा सरकार सुधार भएको पनि एमालेको निष्कर्ष छ । त्यस्तै सहकारी ठगीमा सरकारले कसैको मुख नहेरी कारबाही प्रक्रिया अघि बढेकोमा पनि एमालेले सकारात्मक भनेको छ ।

यसैगरी केन्द्रीय कमिटी बैठकले  नेता भीम रावललाई संगठित सदस्यबाट कारबाही गरेको छ । आज बसेको सचिवालय बैठकले उनलाई हटाउने निर्णय गरेको हो । साथै  सदस्य डा. विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमल्सेनालाई ६ महिनासम्मको लागि जिम्मेवारीबाट हटाएको छ ।

प्रकाशित मिति : २०८१, १० पुस बुधबार  ७ : २४ बजे

बुडोल साकोसको वित्तीय स्वास्थ्य परीक्षण, ऋणदेखि तरलता र पूँजीकोषसम्म नियामकको निगरानी

काभ्रे । बचत तथा ऋण सहकारीको वित्तीय कारोबारमाथि नियामकीय निगरानी

इरानको अमेरिकालाई कडा सर्त : सम्झौता कार्यान्वयन भए ७ दिनमै होर्मुज स्ट्रेट खुल्ने

काठमाडौं । इरानले अमेरिकासमक्ष नयाँ प्रस्ताव राख्दै आवश्यक सर्तहरू पूरा

संयुक्त राष्ट्रसंघको महासभा सकेर प्रधानमन्त्री बालेन आज स्वदेश फर्किंदै

काठमाडौं । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भएर प्रधानमन्त्री बालेन्द्र

नेपालले जापानलाई दियो १५० रनको चुनौतीपूर्ण लक्ष्य

काठमाडौं । एसियन गेम्सअन्तर्गत क्रिकेट प्रतियोगितामा नेपालले आयोजक जापानसामु १५०

‘जलाकी’को दोस्रो गीत ‘जाले रुमाल मायालाई’ सार्वजनिक

काठमाडौं । ‘खुस्मा’ फेम्ड निर्देशक अशोक थापा मगर निर्देशित सिनेमा