२०८२, २१ चैत्र आईतबार

बैतडीको झुलाघाटमा मोटरेवल पुल सहितका परियोजनाहरु निर्माणको पहल

बैतडीको झुलाघाटमा मोटरेवल पुल सहितका परियोजनाहरु निर्माणको पहल


काठ्माण्डौँ । भारत भ्रमणको क्रममा रहनुभएका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले बैतडीको झुलाघाट स्थित नेपाल–भारत सिमानदी महाकालीमा मोटरेवल पुल निर्माण कार्य अघि बढाउने विषयमा छलफल गर्नुभएको छ ।

उहाँले भारतीय विदेश मन्त्री यश जयसंकर सँगको भेटमा पुल निर्माणको काम चाडै सुरुवात गर्न आग्रह गर्नुभएको हो । विदेश मन्त्री मन्त्री जय संकरले पुल निर्माणका विषयमा हालसम्म भएका उपलब्धिहरूको अध्ययन गरी थप प्रक्रिया द्रुत गतिमा अघि बढाउने विश्वास दिलाउनुभयो । मन्त्री भण्डारीको गृह जिल्ला समेत रहेको बैतडीको झुलाघाटमा मोटरेवल पुल निर्माण भएमा बैतडीका साथै सुदूरपश्चिमका ७ पहाडी जिल्लाहरुका लागि व्यापार तथा पर्यटन प्रर्वधन हुने बताइएको छ । उक्त क्षेत्रमा आवतजावत सहज भएमा नेपाली उत्पादनले बजार पाउनुका साथै उपभोग्य बस्तुहरु सुलभ मुल्यमा प्राप्त गर्न सजिलो हुनेछ ।
भारत भ्रमणका क्रममा मन्त्री भण्डारीले भारतीय पक्षसँग सीमा समस्याहरू समाधानमा विषयमा छलफल गर्नुभएको छ । यसका साथै कञ्चनपुर स्थित दोधारा चाँदनी सुख्खा बन्दरगाह निर्माण, अमलेखगन्ज–चितवन पेट्रोलियम पाइपलाइन, महोत्तरी–सर्लाही एलपिजि पाइपलाइन निर्माण लगायतका विषयमा छलफल भएको छ ।

मन्त्री भण्डारीले गत साउनमा पहिलो पटक भारत भ्रमण गर्दा भारतीय पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्री हरदीप पुरीसँग भारतीय लगानीमा पेट्रोलियम पाइपलाइन निर्माणको पहल गर्नुभएको थियो । फलस्वरूप भारतले नेपाललाई उक्त परियोजनाका लागि १५ अर्ब रकम अनुदान दिन औपचारिक रूपमा सहमति गरेसँगै परियोजना निर्माणको काम अघि बढेको छ । अहिले उक्त परियोजनामा नेपाल र भारत पक्षले आ–आफ्नो तहबाट काम गरिरहेको नेपाल आयल निगम लिमिटेडले जनाएको छ । भारतको वाणिज्य तथा उद्योग मन्त्रालय र भारतीय उद्योग परिसंघले नयाँ दिल्लीमा आयोजना गरेको २९औं साझेदारी शिखर सम्मेलन सहभागी हुनुर्भका मन्त्री भण्डारीले नेपालमा लगानी गर्ने विदेशी लगानीकर्ताहरूले आफ्नो लगानीको नाफा र पुँजीको ‘ग्यारेन्टी’ सहित उच्च दरमा प्रतिफल प्राप्त गरिरहेका बताउनुभएको छ ।.

उहाँले नेपालमा नवप्रवर्तन, उद्यमशीलता र लगानीलाई प्रवर्द्धन गर्न सक्षम व्यापारिक वातावरण सिर्जना गर्न प्रतिबद्ध रहेको बताउनुभयो । मन्त्री भण्डारीले शिखर सम्मेलनमा भएको छलफल र विचार विमर्शले दिगो विकास, नवप्रवर्तन, प्रविधि हस्तान्तरण र समृद्धिलाई अगाडि बढाउन अर्थपूर्ण साझेदारीका लागि मार्ग प्रशस्त गर्नेमा विश्वास व्यक्त गर्नुभएको छ ।
‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय नारासहित नेपालले पर्यटन, जलविद्युत्, कृषि, औषधि र सुगन्धित वनस्पति, सूचना प्रविधि तथा उत्पादन जस्ता क्षेत्रमा लगानीका प्रशस्त अवसर प्रदान गरिएको उहाँले बताउनुभएको छ ।
नेपालमा पर्यटन र प्रत्यक्ष वैदेशिक लगानीका हिसाबले भारत सबैभन्दा ठुलो स्रोत देश रहेको उहाँले बताउनुभयो ।

प्रकाशित मिति : २०८१, १८ मंसिर मंगलबार  १ : ४० बजे

होटलमा डोजर चलेपछि कर्ण शाक्य आक्रोशित, ‘अधिग्रहण नगरी भत्काउन मिल्छ ?’

पोखरा । पोखरा को लेकसाइड क्षेत्रमा रहेको एक वाटरफ्रन्ट होटलमा

सानुभाइ भनिने युवराज गुरुङ फेरि पक्राउ

काठमाडौं । काठमाडौं मा ‘सानुभाइ’ उपनामले चिनिने युवराज गुरुङ लाई

भक्तपुरमा प्रहरीको ‘स्वीप अप्रेसन’, ६० भन्दा बढी पक्राउ

भक्तपुर । भक्तपुर मा सार्वजनिक शान्ति सुरक्षालाई मजबुत बनाउन जिल्ला

आज अर्याल सभामुख निर्वाचित भएको औपचारिक घोषणा हुने

काठमाडौं । आज संघीय संसद्को दुवै सदन प्रतिनिधि सभा र

कांग्रेसले जरा अभियानका लागि ७७ जिल्लामा खटायो प्रतिनिधि

काठमाडौं । नेपाली कांग्रेसले १५औं महाधिवेशनका तयारीअन्तर्गत जरा अभियान र