२०८३, २४ श्रावण सोमबार

उपनिर्वाचन मतदान सकियो, आजै रातिबाट परिणाम आउने

उपनिर्वाचन मतदान सकियो, आजै रातिबाट परिणाम आउने


काठमाडौं । स्थानीय तहको उपनिर्वाचनमा मतदान प्रक्रिया सम्पन्न भएको छ । आज(आइतबार) बिहान ७ बजेबाट सुरु भएको मतदान साँझ ५ बजे सम्पन्न भएको हो ।

निर्वाचन आयोगले सबै मतदान केन्द्रमा मतदान शान्तिपूर्ण तरिकाले सम्पन्न भएको जनाएको छ । आइतबार दिउँसो ४ बजेसम्म ६१ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ । आज २९३ मतदान केन्द्रबाट मतदाताले मतदान गरेका छन् ।

आज रातिबाट नै परिणाम आउन सुरु गर्ने निर्वाचन आयोगले जनाएको छ । तीन जना उम्मेदवार निर्विरोध निर्वाचित भइसकेका छन् । जस अनुसार ओखलढुङ्गा र कैलालीको जिल्ला समन्वय समिति प्रमुखमा क्रमशः नेपाली कांग्रेसका उम्मेदवार टेकराज भट्टराई र टीकाकुमारी चौधरी निर्विरोध निर्वाचित भएका हुन् भने रुकुम पूर्व जिल्ला पुथा उत्तरगङ्गा गाउँपालिका वडा नं २ को वडा अध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार जगत् घर्ती निर्विरोध निर्वाचित भइसकेका छन् ।

प्रकाशित मिति : २०८१, १६ मंसिर आईतबार  ६ : २८ बजे

रसुवामा सेनाको गणमै विष्फोट : म्याद सकिएको विष्फोटक डिस्पोज गर्ने क्रममा ५ जना घाइते

काठमाडौं । रसुवामा म्याद सकिएको विष्फोटक पदार्थ व्यवस्थापन गर्ने क्रममा

‘सिंहदरबार’को नाम फेर्ने बहसमा शंकर पोखरेलको व्यङ्ग्य- ‘नाम होइन, शासन शैली बदलौँ’

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पछिल्लो समय

उठ्नेछ फेरि एमाले !

इतिहास कहिल्यै सत्ताको कुर्सीबाट लेखिँदैन । इतिहास संघर्षबाट लेखिन्छ ।

चीनमा डल्फिन आँधीको ताण्डव, १३ लाखभन्दा बढी मानिस सुरक्षित स्थानमा सारिए

काठमाडौं । चीनको पूर्वी तटीय क्षेत्रमा शक्तिशाली टाइफुन ‘डल्फिन’ प्रवेश

हेटौँडा कपडा उद्योग : पुनसञ्चालन कि फेरि ‘राजनीतिक स्टन्ट’ ? पोखरेलले उठाए गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले हेटौँडा कपडा