२०८३, ९ आश्विन शनिबार

काठमाडौंमा सुरु भयो निःशुल्क भिडियो एक्स–रे

काठमाडौंमा सुरु भयो निःशुल्क भिडियो एक्स–रे


काठमाडौं । काठमाडौं महानगरपालिकाले आउँदो हप्तादेखि निःशुल्क भिडियो एक्स–रे सेवा सुरु गर्ने भएको छ । स्वास्थ्य बिमा कार्यक्रम लागू भएका वडाका स्वास्थ्य प्रबर्द्धन केन्द्रमा सेवा सुरु गर्न लागेको महानगरले जनाएको छ ।

सुरुमा वडा नं। १२, २६ र ३० बाट सेवा दिइनेछ । आइतबार र सोमबार वडा नं। १२, १९ र १४ का सेवाग्राहीका लागि वडा नं। १२ मा, मंगलबार र बुधबार वडा नं। १६, २६ र २७ का सेवाग्राहीका लागि वडा नं। २७ मा र बिहीबार र शुक्रबार वडा नं। १० र ३० का सेवाग्राहीका लागि वडा नं। ३० स्वास्थ्य प्रबर्द्धन केन्द्रमा भिडियो एक्स रे गरिनेछ । स्वास्थ्य बीमा कार्यक्रम लागू भएका सबै वडामा भिडियो एक्स रे मेसिन राखिएको छ । सेवाग्राहीको चाप बढ्दै गएपछि सेवा विस्तार गर्दै लैजाने स्वास्थ्य विभागको योजना छ ।

महानगरपालिकाले वडा नं। ८ को रामघाट प्राथमिक स्वास्थ्य केन्द्र, वडा नं। १४ बल्खु, वडा नं। १९ कंकेश्वरी, वडा नं। २६ लैनचौर र वडा नं। ३० ज्ञानेश्वर, वडा नं। १६ बालाजु, वडा नं। २७ महावौद्ध, वडा नं। १२ टेकु र वडा नं। ७ चावहिलको स्वास्थ्य प्रबर्द्धन केन्द्रलाई पहिलो सम्पर्क विन्दुका रुपमा तोकेको छ । यीमध्ये ५ विमा बोर्डबाट अनुमोदन भइसकेका छन् भने ५ वटा अनुमोदनको प्रक्रियामा छन् ।

प्रकाशित मिति : २०८१, १२ मंसिर बुधबार  ११ : ३० बजे

बुडोल साकोसको वित्तीय स्वास्थ्य परीक्षण, ऋणदेखि तरलता र पूँजीकोषसम्म नियामकको निगरानी

काभ्रे । बचत तथा ऋण सहकारीको वित्तीय कारोबारमाथि नियामकीय निगरानी

इरानको अमेरिकालाई कडा सर्त : सम्झौता कार्यान्वयन भए ७ दिनमै होर्मुज स्ट्रेट खुल्ने

काठमाडौं । इरानले अमेरिकासमक्ष नयाँ प्रस्ताव राख्दै आवश्यक सर्तहरू पूरा

संयुक्त राष्ट्रसंघको महासभा सकेर प्रधानमन्त्री बालेन आज स्वदेश फर्किंदै

काठमाडौं । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भएर प्रधानमन्त्री बालेन्द्र

नेपालले जापानलाई दियो १५० रनको चुनौतीपूर्ण लक्ष्य

काठमाडौं । एसियन गेम्सअन्तर्गत क्रिकेट प्रतियोगितामा नेपालले आयोजक जापानसामु १५०

‘जलाकी’को दोस्रो गीत ‘जाले रुमाल मायालाई’ सार्वजनिक

काठमाडौं । ‘खुस्मा’ फेम्ड निर्देशक अशोक थापा मगर निर्देशित सिनेमा