२०८३, २४ आश्विन आईतबार

एमाले बागमती प्रचार विभागले दियो जिल्ला स्थित प्रचार विभागहरुलाई यस्तो निर्देशन

एमाले बागमती प्रचार विभागले दियो जिल्ला स्थित प्रचार विभागहरुलाई यस्तो निर्देशन


काठमाडौं: मंसिर ७ गते राजधानीको भृकुटीमण्डपमा आयोजना गरिएको जागरण सभालाई सम्पन्न गराउन नेकपा एमाले बागमती प्रदेश प्रचार तथा प्रकाशन विभागले विभिन्न निर्णयहरु गरेको छ ।
पार्टी उपसचिव एवम् प्रचार विभाग प्रमुख भक्तकुमारी लामाको अध्यक्षतामा भएको बैठकले जागरण सभालाई व्यबस्थित गराउन आवश्यक सबै उपायहरु अबलम्मन गर्न बागमती प्रदेशका जिल्ला स्थित प्रचार विभागहरुलाई निर्देशन दिएको छ ।
पार्टीका विरुद्ध अहिले भइरहेका अनेकौं षडयन्त्रहरु चिर्न र मूलुकमा कानूनी शासन कायम राख्न प्रचार विभागका सदस्यहरुको ठूलो भूमिका रहेको निश्कर्ष निकाल्दै बैठकले अस्थिरता र अराजकता फैलाएर स्वार्थ सिद्ध गर्न खोज्ने तत्वहरुका बिरुद्ध प्रचार विभागमा रहनुभएका सम्पूर्ण सदस्यहरुको जिम्मेवारी रहेको औंल्याएको छ ।
बैठकले आगामी मंसिर १६ गते हुने उप निर्वाचनमा पार्टीका उमेदवारहरुलाई विजयी गराउन प्रचार विभागमा आवद्ध सबैलाई सक्रियतापूर्वक कार्य क्षेत्रमा खटिन निर्देशनजारी गर्दै आगामी पुसको पहिलो साता बागमती प्रदेशमा प्रचार भेलाको आयोजना गर्ने निर्णय गरेको छ । त्यसैगरी तत्कालिन निरंकुश पञ्चायती शासकद्वारा घटाइएको सिन्धुपाल्चोक स्थित पिस्कर हत्या काण्ड’ का विषयमा श्रब्यदृश्य सामाग्री निर्माण गर्ने निर्णय गरेको लामाले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०८१, ४ मंसिर मंगलबार  १० : ४१ बजे

बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सर्न गृहमन्त्रीको आग्रह

काठमाडौं । गोरखाको चुमनुब्री गाउँपालिका–३ स्थित न्याक्चेत र फिलिम बजार

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ५४६ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ५४६ वटा सवारीसाधनका

विदेशी मुद्राको विनिमयदर : अमेरिकी डलरको खरिददर १५४.४८ रुपैयाँ

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

आज कोशी र बागमतीसहित पहाडी क्षेत्रमा वर्षाको सम्भावना

काठमाडौं । देशमा पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको

कांग्रेस महाधिवेशन : महामन्त्रीमा प्रदीप पौडेलको अग्रता, उपसभापतिमा चन्द्रकान्त भण्डारी अगाडि

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत जारी मतगणनामा केन्द्रीय महामन्त्री