२०८३, १२ आश्विन मंगलबार

हतियार चलाउन आउँछ भन्दै उफ्रीए, हामीलाई बिसाउन लगाउन आउँछ : प्रधानमन्त्री ओली 

हतियार चलाउन आउँछ भन्दै उफ्रीए, हामीलाई बिसाउन लगाउन आउँछ : प्रधानमन्त्री ओली 


काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले हतियार कसरी बिसाउन लगाउनुपर्छ आफूले जानेको भन्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई जवाफ फर्काएका छन् ।

शनिबार नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पार्टीको विरोधसभालाई सम्बोधन गर्दै ‘हामीले हतियार मात्रै बिसाएका हौँ, चलाउन बिर्षेका छैनौं’ भन्दै दिएको अभिव्यक्तिको ओलीले जवाफ फर्काएका हुन् ।

एनआरएनए स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले धम्कीका भरमा खान नहुने बताए । उनले भने, ‘हिजो एक जना उफ्रि उफ्रि भाषण गर्दै थिए । हिजो मात्रै देख्या थे । हतियार बिसाएको मात्रै हो भ्रम नरहोस् । चलाउन बिर्ष्या छैन भन्दै थिए । त्यस्तै त्यस्तै त हामी हुनु भएन नी धम्क्याएका भरमा खाने ।’

उनले आफूलाई हतियार चलाउन नआएपनि कसरी बिसाउनु लाउनुपर्छ भन्ने तरिका आफूलाई थाहा भएको बताए ।

उनले भने, ‘म त्यसलाई फेरि हतियार कसरी बिसाउन लाउनुपर्छ भन्ने तरिका पनि हामलिाई थाहा छ पनि नभनौँ । हामी चलाउन त चलाउँदैनोँ तर बिसाउन चाँही लगाउन जानेको छ हामीले ।’

प्रकाशित मिति : २०८१, ११ कार्तिक आईतबार  ११ : ३७ बजे

अविरल वर्षाले राजमार्ग अस्तव्यस्त, दर्जनौँ सडकखण्डमा आवागमन प्रभावित

काठमाडौं । देशभर जारी अविरल वर्षासँगै आएको बाढी र पहिरोले

कांग्रेसको १५औँ महाधिवेशनमा युवा लहर, ४४ हजारले पाए जिम्मेवारी, एक लाख प्रतिस्पर्धामा

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमार्फत पार्टीको तल्लो तहदेखि केन्द्रीय

प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बिहान १० बजे सिंहदरबारस्थित संघीय

आजको मौसम : हिमाल–पहाडमा बदलीसँगै वर्षा र चट्याङको सम्भावना

काठमाडौं । मनसुनको प्रभाव कायमै रहेकाले आज देशका हिमाली तथा

आजका लागि तोकियो विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय