२०८३, १३ आश्विन बुधबार

कीर्तिपुरमा एमालेको केन्द्रीय कार्यालय भवन शिलान्यास

कीर्तिपुरमा एमालेको केन्द्रीय कार्यालय भवन शिलान्यास


काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कीर्तिपुर नगरपालिका-२, मैत्रीनगरस्थित एमाले केन्द्रीय कार्यालय भवनको आज शिलान्यास गर्नुभएको छ ।

भाटभटेनीका संचालक ब्यवसायी मीनबहादुर गुरुङ र सावित्री गुरुङबाट दान गरिएको १० रोपनी १४ आना जग्गामा अत्याधुनिक भवन बन्ने एमालेका महासचिव शंकर पोखरेलले बताउनुभयो ।

उहाँले भवनको लागत र विस्तृत पक्ष तर्जुमाको क्रममा रहेकोे जनाउनुभयो । एमालेको हाल केन्द्रीय कार्यालय रहेको ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्टानमा बाढीले क्षति पुर्याएपछि मैत्रीनगरमा नयाँ कार्यालय भवन बनाउन लागिएको हो ।

पत्रकारको प्रश्नमा व्यावसायी गुरुङले आफूले अन्य पार्टीलाई पनि सहयोग गर्दै आएको तथा आफू पहिल्यैदेखि एमालेनिकट रहेकोले एमालेलाई सहयोग गर्न पाउनु एक अवसर भएको बताउनुभयो ।

उक्त स्थानमा एक वर्षभित्र भवन बनाएर आउने घटस्थापनाका दिन हस्तान्तरण गर्ने गुरुङले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०८१, २६ आश्विन शनिबार  ६ : ३८ बजे

एभरेष्ट बैंकको ३२औँ साधारण सभा सम्पन्न, शेयरधनीलाई ५% बोनस र १०% नगद लाभांश

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडको ३२औँ वार्षिक साधारण सभा सम्पन्न

मलेसिया रोजगारीमा ‘मेनपावर सिण्डिकेट’ विवाद चर्कियो, ३ लाख नेपालीको रोजगारी जोखिममा

२७५ एजेन्सी छनोटपछि सरकार अप्ठ्यारोमा, मलेसियासँग वार्ता कि FWCMS स्वीकार-दुई

भक्तपरको जगातीमा खुल्यो होण्डाको नयाँ शोरुम, आज उद्घाटन

भक्तपुर १४ असोज । नेपालीहरुको महान चाँड दशै, तिहार नजिकिदै

क्रियाशील सदस्यताको विवादले कांग्रेस मोरङ-६ मा कुटाकुट, सहमहामन्त्रीसहित ३ नेता घाइते

विराटनगर । नेपाली कांग्रेस मोरङ क्षेत्र नम्बर–६ को अधिवेशन विवादले

देउवा समूहले छुट्टै महाधिवेशनको जानकारी निर्वाचन आयोगलाई दियो

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहले पार्टीको १५औँ