२०८३, ३० असार बुधबार

निक्षेपकर्ताको पक्षमा प्राइम बैंक : व्यक्तिगत निक्षेपमा सर्वाधिक ब्याज

निक्षेपकर्ताको पक्षमा प्राइम बैंक : व्यक्तिगत निक्षेपमा सर्वाधिक ब्याज


काठमाडौँ । बैंकहरुले निक्षेपको आपूर्ति र कर्जाको मागलाई हेरेर ब्याजदर तय गर्छन् । राष्ट्र बैंकले बढीमा ४ प्रतिशत विन्दुको अन्तर पारेर कर्जा र निक्षेपको ब्याजदर निर्धारण गर्न भनेको छ ।

यसरी कुनै पनि बैंकले समयानुसार निक्षेपकर्तालाई बढी लाभ दिने कि ऋणीलाई ? वा आफूले मार्जिन बढी राख्ने की कम ? यस्ता विषयमा कुनै पनि बैंकले कस्तो रणनीति लिएको छ भनेर हेर्न उसले दिने र लिने ब्याजदरका अंकहरु नियाल्नु पर्छ ।

यही भदौ महिनाको तथ्यांकले निक्षेपकर्ताहरुको हितमा प्राइम कमर्शियल बैंक खरो उत्रिएको देखिन्छ । उसले ३ महिनादेखि १ वर्षसम्म अवधिका सबै खाले मुद्दति निक्षेप योजनामा बढी ब्याज दिने घोषणा गरेको छ । कतिपय स्कीममा प्रतिस्पर्धी बैंकहरुको तुलनामा दोब्बर ब्याजदर दिइरहेको बैंकहरुले प्रकाशन गरेको ब्याजदरबाट देखिन्छ ।

प्राइमले ३, ६ र ९ महिना अवधिको मुद्दति निक्षेपमा ६।२५ प्रतिशत र १ वर्षको मुद्दति निक्षेपमा ६।७५ प्रतिशत ब्याज दिने घोषणा गरेको छ । यति धेरै ब्याजदर अरु कुनै पनि बाणिज्य बैंकले दिएका छैनन् ।

नेपाल राष्ट्र बैंकले केही दिन अघिमात्रै प्रकाशित गरेको गत आर्थिक वर्षको वार्षिक तथ्यांक अनुसार नेपालको औसत मूल्यबृद्धि ९मुद्रास्फीति०को दर ५।४४ प्रतिशत हो । भलै, नेपालीहरुको उपभोग प्रबृत्तीमा पछिल्ला वर्षमा आएको ब्यापक बदलावले यो मुद्रास्फीतिको आँकडासँग तालमेल राख्दैन । तर यसले मोटामोटी बजारको महँगीलाई संकेत गर्छ ।

उक्त तथ्यले यदी कसैको सम्पत्ती पोहोरको तुलनामा यसपालि साढे ५ देखि ६ प्रतिशत हाराहारी बढ्यो भने त्यस सम्पत्तीको मूल्य बराबर हुन्छ भन्ने दर्शाउँछ । तसर्थ, बैंकमा निक्षेप राखेर जिविको पार्जन गर्नेहरुका लागि ६ प्रतिशतभन्दा कम ब्याजदर प्राप्त हुनु भनेको उनीहरुको सम्पत्ती घट्नु हो ।

अर्थात् तपाइँले पोहोर १ हजार रुपैयाँ बैंकमा राखेर ६ प्रतिशतका दरले ६० रुपैयाँ ब्याज पाउनु हुन्छ । तर मूल्य बृद्धिका कारण पोहोर १ हजारमा पाइने वस्तु र सेवा यस वर्ष किन्नुपर्दा त्यही १ हजार ६० पुरै तिर्नुपर्ने भएको छ । ६ वा साढे ५ प्रतिशतभन्दा पनि कम ब्याज पाउनु भनेको आफ्नो सम्पत्ती घटाउनु हो ।

यही कारण ब्याजदर कम हुँदा निक्षेप आकर्षित नहुने र कर्जाको माग बढ्ने हुन्छ । सस्तो ब्याजमा पैसा राख्नुभन्दा उपभोगमा खर्च गर्नु बढी फाइदाकारक मान्ने मनस्थिति संसारभरका मानिसमा देखिन्छ । त्यसैले मुद्रास्फीतिको तुलनामा ब्याजदर बढी हुनुपर्छ भन्ने सर्वमान्य सिद्धान्त बनेको हो ।

तर अहिले नेपालमा निकै कम बैंकहरुले मात्रै मुद्रास्फीतिको तुलनामा बढी ब्याज दिइरहेका छन् । त्यसमध्येको शीर्ष स्थानमा प्राइम बैंक देखिएको छ । यसले अहिलेको अधिक तरलताको समस्या झेलिरहँदा पनि निक्षेपकर्तालाई बढी लाभ दिन यो बैंक अग्रसर देखिएको हो ।

सिटिजन्स, माछापुच्छ्रे र कुमारी बैंकले पनि बढी ब्याज दिनेमा प्राइमलाई पच्छ्याइरहेका छन् । हिमालयन, राष्ट्रिय बाणिज्य र एभरेस्ट बैंकले भने तुलनात्मक रुपमा सस्तो ब्याज दिइरहेका छन् । हिमालयनले ३ महिने निक्षेप योजनामा ३।२५ प्रतिशत र ६ महिने निक्षेप योजनामा ४ प्रतिशत ब्याज दिने घोषणा गरेको छ ।

राष्ट्रिय बाणिज्य बैंकले ९ महिने निक्षेप योजनामा सबैभन्दा कम ४।२५ प्रतिशत ब्याज दिने भनेको छ । १ वर्षे निक्षेप योजनामा भने सबैभन्दा सस्तो ब्याज दिने एभरेष्ट बैंकले वार्षिक ४।५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।

प्रकाशित मिति : २०८१, १७ भाद्र सोमबार  १० : ०७ बजे

सुदूरपश्चिममा कांग्रेस-एमाले गठबन्धन टुट्यो, मुख्यमन्त्री शाहले हटाए एमालेका सबै मन्त्री

धनगढी । सुदूरपश्चिम प्रदेशको सत्ता समीकरणमा ठूलो परिवर्तन आएको छ।

कांग्रेसको आक्रोश “प्रधानमन्त्री किन भाग्दै छन् ?”

काठमाडौं। प्रतिनिधिसभाको बैठकमा नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन शाहमाथि तीव्र राजनीतिक

नेपाल वायुसेवा निगममा नयाँ कार्यकारी नेतृत्व, महेश्वरभक्त श्रेष्ठलाई दोहोरो जिम्मेवारी

काठमाडौं । नेपाल वायुसेवा निगम (नेवानी) ले नयाँ कार्यकारी नेतृत्व

गणेश प्रकरणपछि सडकमा फर्कियो महानगर प्रहरी, ‘सेवा रोकिँदैन’ भन्दै एसएसपी जोशीको सन्देश

काठमाडौं । गणेश नेपालीको मृत्यु प्रकरणपछि केही दिन सडकबाट लगभग

सरकारी विज्ञापनमा एकाधिकार असंवैधानिक, सर्वोच्चले सरकारको निर्णय बदर गर्‍यो

काठमाडौं । सर्वोच्च अदालतले सरकारी विज्ञापन सरकारी स्वामित्वका सञ्चारमाध्यममा मात्रै