२०८३, ११ भाद्र शुक्रबार

बाह्रबिसे र भोटेकोशीबाट असोजभित्रै विजुली उत्पादन : मन्त्री तामाङ

बाह्रबिसे र भोटेकोशीबाट असोजभित्रै विजुली उत्पादन : मन्त्री तामाङ


काठमाडौं  । ऊर्जा, जलस्रोत तथा सिंचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङले एक महिनाभित्र बाह्रबिसेकोे १०२ मेगावाट विद्युतबाट विजुली उत्पादन गर्ने बताएका छन् ।

आइतबार विधायन व्यवस्थापन समितिको बैठकमा बोल्दै मन्त्री तामाङले बाह्रबिसे र  भोटेकोशी जलविद्युतबाट असोजभित्र विजुली उत्पादन गर्ने बताएका हुन् । उनले भने, ‘बाह्रबिसे १०२ मेगावाट विद्युत, भोटेकोशी जलविद्युतको काम करिव एक महिनामा सिध्याउने र विजुली बाल्ने काम पूरा भएको छैन । करिब आठ महिना वितिसक्दा पनि वातावरण वा परिस्थिति नमिलेर केही ढिलाइ भएको छ । हामीले स्थलगत गएर अध्ययन गरिसकेका छौं । अब एक महिना अर्थात असोजभरीमा त्यहाँको १०२ मेगावाट विजुली उत्पादन गर्दैछौं ।’

साथै उनले मंसिर भरमा नेपाल विद्युत प्राधिकरण र उर्जा मन्त्रालय अन्र्तगतसँगको सबै प्रक्रिया मिलाएर साँढे पाँच सय मेगावाट विद्युत बाल्न सफल हुने बताए । उनले छिटो भन्दा छिटो नेपालको हरेक कुनाकाप्चामा बत्ती बाल्ने निर्णय भएको बताए ।

कार्यक्रममा विधायन व्यवस्थापन समितिकी सभापति जयन्ती देवी राई, उर्जा मन्त्रालयका सचिव गोपाल प्रसाद सिग्देललगायतले आफ्नो धारणा राखेका थिए ।

प्रकाशित मिति : २०८१, १६ भाद्र आईतबार  २ : ४९ बजे

५० लाखमुनि लक्जरी ईभी ! स्काईवेलको मूल्य सुनेर नाडा अटो शोका दर्शक चकित

काठमाडौं । नाडा अटो शो २०२६ मा एउटा ईभीले आफ्नो

भेटिएका ४८९ शवमध्ये ३९३ अझै बेवारिसे, पहिचानको पर्खाइमा आफन्त

काठमाडौं । रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीपछि

केरुङ पहिरो : जोखिमबीच चिनियाँ उद्धार टोली प्रभावित क्षेत्रमा, खोजी तीव्र

काठमाडौं । चीन–नेपाल सीमा क्षेत्रमा पर्ने केरुङमा गएको भीषण पहिरोपछि

बाढीपहिरो पीडितका लागि एमालेको २० लाख सहयोग, स्वयंसेवक पनि परिचालन

काठमाडौं । बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि नेकपा

गण्डकी सरकारको बाढीपीडितलाई ४ करोड सहयोग

काठमाडौं । गण्डकी प्रदेश सरकारले भोटेकोशी बाढी प्रभावित नागरिकको उद्धार