२०८३, १२ मंसिर शनिबार

डिजिटल भुक्तानीमा माछापुच्छ्रे बैंकको सफलता, भिसाबाट लगातार तेस्रो वर्ष अवार्ड

डिजिटल भुक्तानीमा माछापुच्छ्रे बैंकको सफलता, भिसाबाट लगातार तेस्रो वर्ष अवार्ड


काठमाडौं। डिजिटल भुक्तानी व्यवसायमा आफ्नो उपस्थिति बलियो बनाउँदै आएको माछापुच्छ्रे बैंक लिमिटेडले अन्तर्राष्ट्रिय भुक्तानी सेवा प्रदायक भिसाबाट फेरि सम्मान प्राप्त गरेको छ।

भिसा लिडरसिप कन्क्लेभमा बैंकले ‘एक्सिलेन्स इन ई–कमर्स एक्वायरिङ बिजनेस–एसोसिएट क्लाइन्ट अवार्ड’ जितेको हो। पीओएस एक्वायरिङ व्यवसायमा देखाएको उत्कृष्ट कार्यसम्पादन र योगदानका आधारमा बैंकलाई यो सम्मान प्रदान गरिएको हो।यस उपलब्धिसँगै माछापुच्छ्रे बैंकले भिसाबाट लगातार तीन वर्ष अवार्ड प्राप्त गर्ने सफलता हासिल गरेको छ। बैंकले सन् २०२३ मा ‘एक्सिलेन्स इन ई–कमर्स एक्वायरिङ–एसोसिएट मेम्बर’ र सन् २०२४ मा ‘एक्सिलेन्स इन ई–कमर्स एक्वायरिङ बिजनेस’ अवार्ड पाएको थियो।

लगातार प्राप्त अन्तर्राष्ट्रिय सम्मानले बैंकले डिजिटल भुक्तानी पूर्वाधार विकास, प्रविधिको नवीन प्रयोग र ग्राहकलाई सुरक्षित कारोबार सुविधा उपलब्ध गराउन गरेको प्रयासलाई प्रतिबिम्बित गरेको छ।बैंकको उपलब्धि डिजिटल भुक्तानीमा मात्र सीमित छैन। सन् २०२६ मा इन्फोसिस फिनाकल इनोभेसन अवार्ड्सअन्तर्गत ‘म्याक्सिमाइजिङ कस्टमर इन्गेजमेन्ट’ विधामा प्लेटिनम अवार्ड प्राप्त गरेको थियो।

त्यसैगरी, इन्डियन चेम्बर अफ कमर्सले आयोजना गरेको फोर्थ इमर्जिङ एसिया बैंकिङ कन्क्लेभ एन्ड अवार्ड्स २०२६ मा बैंकले ‘बेस्ट पर्फर्मेन्स अन रिस्क म्यानेजमेन्ट’ अवार्डसमेत हासिल गरेको थियो।डिजिटल कारोबारको विस्तारसँगै बैंकिङ क्षेत्रमा प्रतिस्पर्धा बढिरहेका बेला माछापुच्छ्रे बैंकले प्राप्त गरेका यी सम्मानले प्रविधि, ग्राहक सेवा र जोखिम व्यवस्थापनमा बैंकको सक्रियतालाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्न सहयोग पुर्‍याएको छ।

    प्रकाशित मिति : २०८३, १२ मंसिर शनिबार  ७ : ५८ बजे

    भिसा लिडरसिप कन्क्लेभमा नबिल बैंकको दोहोरो सफलता, दुई विधामा अवार्ड प्राप्त

    काठमाडौ। डिजिटल भुक्तानी तथा कार्ड सेवामा उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै

    डिजिटल भुक्तानीमा माछापुच्छ्रे बैंकको सफलता, भिसाबाट लगातार तेस्रो वर्ष अवार्ड

    काठमाडौं। डिजिटल भुक्तानी व्यवसायमा आफ्नो उपस्थिति बलियो बनाउँदै आएको माछापुच्छ्रे

    नेपाल बैंकका ग्राहकले अब मोबाइलबाटै भर्चुअल क्रेडिट कार्ड लिन सक्ने

    काठमाडौं। नेपाल बैंक लिमिटेडले डिजिटल भुक्तानी सेवालाई थप सहज बनाउने

    वायुसेवा निगमको ऋण नउठ्दा नागरिक लगानी र कर्मचारी सञ्चय कोषको बचत जोखिममा

    काठमाडौं। नेपाल वायुसेवा निगमले जहाज खरिदका लागि सरकारको जमानीमा लिएको

    बैंकर्स संघमा नयाँ नेतृत्व, ठूला आकारभन्दा गुणस्तरीय बैंकिङमा गभर्नरको जोड

    काठमाडौ। बैंकिङ क्षेत्रमा देखिएको निष्क्रिय कर्जाको चुनौती र अर्थतन्त्रको सुस्तताबीच