२०८२, १७ पुस बिहीबार

नेकपा बहुमतले घोषणा गर्यो भ्रष्टाचारविरुद्धको आन्दोलन

नेकपा बहुमतले घोषणा गर्यो भ्रष्टाचारविरुद्धको आन्दोलन


काठमाडौं । नेकपा (बहुमत) ले भ्रष्टाचार र वेथितिविरुद्ध संघर्षका कार्यक्रम घोषणा गरेको छ । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरेर असोज ३ गतेसम्मको संघर्षका कार्यक्रम घोषणा गरिएको छ ।

पार्टी महासचिव धर्मेन्द्र बास्तोला ‘कञ्चन’ले सरकारले अहिलेसम्मका भ्रष्टाचारीलाई चोख्याउने र नीतिगतरुपमै भ्रष्टाचार गर्ने वातावरण बनाउन कानुनमा पाँच बर्षे हदम्यादको प्रस्ताव गरेको बताए । पाँच बर्षे हदम्यादको प्रावधान भ्रष्टाचारलाई संस्थागत गर्ने सामान्य प्रयन्त मात्र नभएर देशकै अस्तित्वमाथि आघात पुर्याउने षड्यन्त्र भएको बताउँदै बास्तोलाले सो प्रस्ताव खारेज गर्न माग समेत गरे । उनले भने, ‘भ्रष्टाचारको अनुसन्धान र मुद्दा दायर गर्न पाँच बर्षे हदम्याद सम्बन्धी प्रस्ताव भ्रष्टाचारलाई संस्थागत गर्ने सामान्य प्रयत्न मात्रै नभएर नेपाली जनता र नेपाल राष्ट्रको अस्तित्वमाथि नै आघात गर्ने खतरनाक षड्यन्त्र हो ।’

बास्तोलाले भ्रष्टाचारको तीन प्रकारका हुने बताउँदै सबैभन्दा डरलाग्दा र खतरनाक नीतिगतरुपमा हुने भ्रष्टाचार बताए । कार्यविधिमा हुने भ्रष्टाचार सबैभन्दा बाहिरी भ्रष्टाचार भएको बताउँदै उनले यो सामान्य नागरिकले थाहा हुने बताए ।
उनले कार्ययोजना र कार्यक्रममा हुने भ्रष्टाचार मध्यम खालेका हुने र सिमितलाई मात्रै थाहा हुने बताए ।
उनले भने, ‘भ्रष्टाचारको विविध आयम रहेका छन् । नीति, कार्ययोजना, कार्यक्रम र कार्यविधिमा हुने भ्रष्टाचार अन्तरगत अधिकांश जनतलाई थाहा हुने भनेको कार्यविधिमा हुने भ्रष्टाचार हो, जुन सबैभन्दा बाहिरी तहको भ्रष्टाचार हो । कार्ययोजना र कार्यक्रममा हुने भ्रष्टाार केही सिमित मानिसहरुलाई थाहा हुन्छ, यो मध्यम भ्रष्टाचार हो, नीतिगत भ्रष्टाचार सबैभन्दा कम मानिसहरुलाई थाहा हुन्छ, जो उच्च तहको र खतरनाक भ्रष्टाचार हो ।’

वित्तिय क्षेत्रबाट हुने शोषण भ्रष्टाचारको अर्को अमानवीय उदाहरण भएको बताउँदै बैंक र वित्तिय संस्थाहरुबाट मध्यम र निम्नमध्यम वर्ग मात्र नभएर न्यून आय भएका जनतासमेत शोषित हुने परेको महासचिव बास्तोलाले बताए ।
बैंकहरुबाट ऋण लिएका १९ लाख र सहकारी एवं वित्तिय संस्थाहरुबाट ऋण लिएका २३ लाख ऋणीहरु भएको बताउँदै राजनीतिक पार्टी, ठूला नोकरशाह, दलालले विना धितो र ब्याज खर्बौं रकम परिचालन गरेको बास्तोलाले बताए । उनले न्यून आय भएका नागरिकलाई अनिवार्य धितो, नियमित किस्ता नतिरे जरिवाना र ब्याजलाई पुनः बिगोमा बदल्ने चक्रवृत्ति ब्याजको दुश्चक्रमा फसाउन गरिएको बताए ।

सावा बराबर ब्याज पुगेपछि ब्याज नलाग्ने कानुनी व्यवस्थाको उल्लंघन गरी ऋणीहरुको सम्पत्ति तुरुन्तै धितो लिलाम गर्ने गरिएको बताउँदै त्यसविरुद्ध आफ्नो पार्टीले अब संघर्ष गर्ने बताए । देशलाई ऋणमा डुबाएर सत्ताधारीहरुले भ्रष्टाचार गरेको बताउँदै महासचिव बास्तोलाले भ्रष्टाचारविरुद्धको आन्दोलनमा सहभागी हुन सबैलाई अपील समेत गरेका छन् । महासचिव बास्तोलाले उच्च तहमा पुगेका व्यक्तिहरुको सम्पत्ति छानबिन गर्ने र भ्रष्टाचार ठहरिएको सम्पत्ति राष्ट्रियकरण गर्नुपर्ने बताए । त्यस्तै, निजि बैंकहरु खारेज गरी सम्पत्ति राष्ट्रियकरण गर्नुपर्ने समेत बताए ।

प्रकाशित मिति : २०८१, ११ भाद्र मंगलबार  ९ : ३२ बजे

कांग्रेस विशेष महाधिवेशनका लागि भृकुटीमण्डप हल बुकिङ

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा

सुनसरी गोली काण्ड: ५ बुँदे सहमति, छानबिन समिति गठन

विराटनगर । सुनसरीको कोशी गाउँपालिका–१ मा सशस्त्र प्रहरीको गोली लागेर

प्रधानमन्त्री कार्कीद्वारा दुर्गा प्रसाईँसँग सिंहदरबारमा वार्ता

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की ले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति

आजदेखि अंग्रेजी नयाँ वर्ष, इस्वी संवत् २०२६ सुरु : संसारभर कार्यक्रम हुँदै

काठमाडौं । ग्रेगोरियन पात्रोअनुसार आजदेखि अंग्रेजी नयाँ वर्ष अर्थात् इस्वी

अध्यक्ष-उपाध्यक्षको विवादले ग्रामथान गाउँपालिकामा आज पनि तनाव

विराटनगर । मोरङको ग्रामथान गाउँपालिकाको कार्यालय परिसरमा आज पनि तनावपूर्ण