२०८३, ९ आश्विन शनिबार

प्रवासी नेपाली मञ्च चेक रिपब्लिकको अध्यक्षमा यदुराम पन्थी

प्रवासी नेपाली मञ्च चेक रिपब्लिकको अध्यक्षमा यदुराम पन्थी


चेक रिपब्लिक । प्रवासी नेपाली मञ्च (ओएनएफ) चेक रिपब्लिकको अध्यक्षमा यदुराम पन्थी निर्वाचित हुनुभएको छ ।

प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटीका सचिव हेम शेर्पाको प्रमुख आतिथ्यतामा साउन २७ गते ९११ अगष्ट मा सम्पन्न चौंथो राष्ट्रिय अधिवेशनले पन्थीलाई सर्वसम्मत रुपमा अध्यक्ष निर्वाचित गरेको हो । अधिवेशनले उपाध्यक्षमा प्रतीक अधिकारी, सचिवमा प्रदिपकुमार खड्का र उपसचिवमा घनश्याम पाण्डे र मनिता धमलालाई निर्वाचित गरेको छ ।

यसैगरी सदस्यहरुमा प्रल्हाद थापा, लक्ष्मी अर्याल, बिनिता आचार्य चुडाल, अनिता ढकाल अधिकारी, त्रिलोक सिंह धामी, शिवबहादुर पोख्रेल, रमा धिताल, मीना घिमिरे, केशब राज आचार्य र निरज आचार्य निर्वाचित हुनुभएको छ । अधिवेशनले अध्यक्षदेखि सदस्यसम्म सवै पदमा सर्वसम्मत निर्वाचित गरेको हो ।

अधिवेशनको उदघाटन समारोहमा आफ्नो धारणा राख्दै प्रमुख अतिथी अन्तराष्ट्रिय कमिटीका सचिव तथा संगठन बिभाग प्रमुख हेम शेर्पाले मञ्चका सवै नेता कार्यकर्ताले प्रवासमा रहेका नेपालीको समस्यामा पुग्ने र स्वदेशमा नेकपा एमालेको अभियानलाई सघाउन जनमत निर्माणको कामलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताउनु भयो ।

बिगतमा प्रवासमा रहेका नेपालीले गलत बाटो लिँदा नेपालमा भएको आम निर्वाचनमा नेकपा एमालेको सरकार बन्न नसकेको दृष्टान्त राख्दै शेर्पाले आफ्ना परिवारका सदस्य र आफन्तलाई स्पष्ट रुपमा बुझाएर एमालेको पक्षमा बनाउने भूमिका निर्वाह गर्नुपर्ने धारणा पनि राख्नुभयो ।

कार्यक्रममा बिशेष अतिथी अन्तराष्ट्रिय कमिटीका सदस्य एवं चेक रिपब्लिकका इञ्चार्ज हेमराज जोशीले ओएनएफले सवैभन्दा अब्बल संगठनका रुपमा आफ्नो पहिचान बनाइसकेको भन्दै सवैको मन जित्ने गरी काम गर्नुपर्ने आवश्यकता औंल्याउनु भएको थियो ।

प्रकाशित मिति : २०८१, ३० श्रावण बुधबार  ६ : ३४ बजे

बुडोल साकोसको वित्तीय स्वास्थ्य परीक्षण, ऋणदेखि तरलता र पूँजीकोषसम्म नियामकको निगरानी

काभ्रे । बचत तथा ऋण सहकारीको वित्तीय कारोबारमाथि नियामकीय निगरानी

इरानको अमेरिकालाई कडा सर्त : सम्झौता कार्यान्वयन भए ७ दिनमै होर्मुज स्ट्रेट खुल्ने

काठमाडौं । इरानले अमेरिकासमक्ष नयाँ प्रस्ताव राख्दै आवश्यक सर्तहरू पूरा

संयुक्त राष्ट्रसंघको महासभा सकेर प्रधानमन्त्री बालेन आज स्वदेश फर्किंदै

काठमाडौं । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भएर प्रधानमन्त्री बालेन्द्र

नेपालले जापानलाई दियो १५० रनको चुनौतीपूर्ण लक्ष्य

काठमाडौं । एसियन गेम्सअन्तर्गत क्रिकेट प्रतियोगितामा नेपालले आयोजक जापानसामु १५०

‘जलाकी’को दोस्रो गीत ‘जाले रुमाल मायालाई’ सार्वजनिक

काठमाडौं । ‘खुस्मा’ फेम्ड निर्देशक अशोक थापा मगर निर्देशित सिनेमा