२०८३, ४ असार शुक्रबार

नागरिक उड्डयन मन्त्रीले एक हप्तासम्म सम्पूर्ण ध्यान हवाई सुरक्षाको विषयमा केन्द्रित गर्ने 

नागरिक उड्डयन मन्त्रीले एक हप्तासम्म सम्पूर्ण ध्यान हवाई सुरक्षाको विषयमा केन्द्रित गर्ने 


काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले मन्त्रालयको सबै ध्यान हवाई सुरक्षाको विषयमा केन्द्रित रहेको बताउनुभएको छ । 

बुधबार नुवाकोटमा  हेलिकप्टर दुर्घटना भएपछि एक हप्ताका लागि आफ्ना पूर्व निर्धारित सबै सार्वजनिक कार्यक्रम स्थगित तथा जरुरी बाहेकका भेटघाटको कामलाई बन्द गरी मन्त्रालयको सम्पूर्ण ध्यान हवाई सुरक्षाको विषयमा छलफल, समन्वय र अल्पकालीन तथा दीर्घकालीन उपायको कार्यान्वयनमा केन्द्रित गर्ने निर्णय गरेको पाण्डेले उल्लेख गर्नुभएको छ ।  

वर्षाको मौसम सुरु भएसँगै बाढी पहिरो र सडक दुर्घटनाबाट मुलुक आहत भइरहेका बेला यही साउनमा सौर्य एयरको विमान र एयर डाइनेष्टिको हेलिकप्टर दुर्घटनाले सबैलाई थप मर्माहत बनाएको पाण्डेले बताउनुभयो । प्राकृतिक विपत्तिका बेला उद्धार र राहतमा सहज र भरपर्दो माध्यम मानिएको हेलिकप्टर दुर्घटना हुनु थप चुनौतीको विषय बनेको पाण्डेले उल्लेख गर्नुभएको छ । 

आफूले मन्त्रालयको जिम्मेवारी सम्हालेको २३ दिनको अवधिमै भएका दुई हवाई दुर्घटनाले आफ्नो कार्य प्राथमिकतालाई हवाई सुरक्षामा अधिकतम गम्भीरताका साथ केन्द्रित गर्नु पर्ने आवश्यकता रहेको पाण्डेले बताउनुभएको छ । मन्त्री परिषद्को बैठक सकिए पछि बुधबार साँझ सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीसँग करिब डेढ घण्टा हवाई सुरक्षाको सुनिश्चितताका लागि तत्कालीन र दीर्घकालीन रूपमा गर्नु पर्ने कामका विषयमा गम्भीर छलफल भएको उहाँले जानकारी दिनुभएको छ । ‘प्रधानमन्त्री ज्यूले यो विषयलाई गम्भीरता पूर्वक लिँदै नीतिगत तथा संरचनागत सुधारका सबै उपाय अपनाउन निर्देशन दिनु भएको छ’, पाण्डेले भन्नुभएको छ । 

हवाई सुरक्षाका विषयमा अधिकतम लचकता अपनाउनेदेखि आवश्यक पर्दा कठोर निर्णय लिन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय पछि नपर्ने पाण्डेले उल्लेख गर्नुभएको छ ।  उहाँले सबै हवाई सेवा प्रदायक कम्पनी तथा विमान चालक तथा प्राविधिक जनशक्तिलाई हवाई सुरक्षाका लागि अपनाउनु पर्ने वा पालना गर्नु पर्ने विषयलाई पुनः गम्भीरतापूर्वक समीक्षा गर्न र हवाई सुरक्षाका विषयमा कुनै पनि सम्झौता नगर्न, सजग, सचेत र जिम्मेवार हुन आग्रह गर्नुभएको छ । 

यस्तै मन्त्रालय अन्तर्गतको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का पदाधिकारीलाई पनि हवाई सुरक्षाका विषयमा कुनै सम्झौता नगरी सेवा प्रदायकहरूसँग निकट रहेर काम गर्न र यस विषयमा भए गरेका कामको दैनिक रूपमा मन्त्रालयमा रिपोर्टिङ गर्न उहाँले निर्देशन दिनुभएको छ ।  

प्रकाशित मिति : २०८१, २४ श्रावण बिहीबार  ११ : ०७ बजे

१२ कक्षाको नतिजा ४० दिनमै : ६९.७५ प्रतिशत उत्तीर्ण

काठमाडौं । माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (एसएलसीई) अर्थात् कक्षा १२

कक्षा १२ को नतिजामा सिद्धवावा प्लसटू जिल्लामैं प्रथम

सिन्धुलीः कक्षा १२ को नतिजामा सिद्धवावा प्लस टू म्यानेजमेण्ट ३.९१

सिसी क्यामरा जडानले रोकिएका ति अपराध

सिन्धुलीको कमलामाई नगरपालिले नगरक्षेत्रका बिभिन्न चोक तथा जोखिम मानिएको सडक

प्रतिनिधिसभामा आज पनि बजेट बहस, गृहदेखि अर्थ मन्त्रालयसम्मका विनियोजन शीर्षकमाथि छलफल

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे

कमलामाईले झेलिरहेको चुनौती

अहिले हामी सवैजना एउटै साझा चुनौतीसँग लडिरहेका छौं र त्यो