२०८३, ८ आश्विन शुक्रबार

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४६ औं स्मृति दिवस

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४६ औं स्मृति दिवस


काठमाडौं । आज साउन ७ गते । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४६ औं स्मृति दिवस । 
उहाँको स्मृति दिवसको अवसरमा प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुष्पलाल प्रति उच्च सम्मान सहित श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ ।

सामाजिक सञ्जाल फेसबुक मार्फत प्रधामनन्त्रीले पुष्पलाक विचार सही सावित भएको उल्लेख गर्नुभएको छ ।  पुष्पलालले सामन्तवादको अन्त्य र जनताको अधिकार स्थापित गर्ने लक्ष लिनुभएको प्रधानमन्त्रीले जनाउनुभएको छ । निरंकुशर राजतन्त्र विरुद्ध कम्युनिष्ट र कांग्रेस मिलेर लड्नु पर्ने पुष्पलालको विचार सहि सावित भएको उहाँले उल्लेख  गर्नुभएको छ । 

ओलीले लेख्नु भएको छ, ‘उहाँले नै सामन्तवादको अन्त्य र जनताको अधिकार स्थापना गर्ने लक्ष्यसाथ कम्युनिष्ट घोषणापत्र नेपालीमा अनुवाद गर्नुभयो र पार्टी स्थापनाको नेतृत्व गर्नु भयो, निरंकुश राजतन्त्र विरुद्ध कम्युनिष्ट र कांग्रेसले मिलेर संयुक जनआन्दोलन गर्नु पर्ने उहाँको विचार सही साबित भयो, मेरा अग्रज नेता पुष्पलालको स्मृति दिवसमा उहाँप्रति उच्च सम्मान र श्रद्धा ।’

प्रकाशित मिति : २०८१, ७ श्रावण सोमबार  ८ : ०० बजे

एसियन गेम्स क्रिकेटमा नेपालले अफगानिस्तानलाई हरायो

काठमाडौं। जापानमा जारी २०औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपालले विजयी

कोरला नाकामा हिमपात, तल्लो मुस्ताङमा वर्षा : नेपाल–चीन व्यापारमा असर पर्ने

मुस्ताङ । मुस्ताङको उत्तरी चीनसँगको सीमावर्ती कोरला नाका क्षेत्रमा सामान्य

भोलेन्टियर फोर्सको नेतृत्वबाट एमाले केन्द्रीय कमिटीमा पुगे पुष्पराज श्रेष्ठ

काठमाडौं। नेशनल भोलेन्टियर फोर्सका अध्यक्ष पुष्पराज श्रेष्ठ नेकपा एमालेको केन्द्रीय

इन्द्रजात्राले नेपाली मौलिकता र सांस्कृतिक पहिचान बलियो बनाओस् : मुख्यमन्त्री थापा मगर

काठमाडौं। वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले काठमाडौं उपत्यकाको ऐतिहासिक

सिक्किमको रिम्बीमा भीषण पहिरो, ३० भन्दा बढी घर प्रभावित

एजेन्सी । नेपालसँग सिमाना जोडिएको भारतको सिक्किमका विभिन्न ठाउँमा बाढी