२०८३, १५ असार मंगलबार

मुलुकलाई सम्बृद्धिको मार्गबाट अगाडि बढाउन एमालेले तीनै तहको निर्वाचन जित्नु पर्छः उपाध्यक्ष लामा

मुलुकलाई सम्बृद्धिको मार्गबाट अगाडि बढाउन एमालेले तीनै तहको निर्वाचन जित्नु पर्छः उपाध्यक्ष लामा


सिन्धुली: नेकपा एमाले बागमती प्रदेशका उपाध्यक्ष दाबा दोर्जे लामाले राष्ट्रि«य एकता कायम राख्न र मुलुकलाई विकास र सम्बृद्धिको मार्गबाट अगाडि बढाउन एमालेले आगामी दिनमा तीनै तहको निर्वाचन जित्न जरुरी रहेको बताउनु भएको छ ।
बिहिवार सिन्धुलीमा आउनुभएका उपाध्यक्ष लामाले एमालेका निर्वाचित नयाँ पदाधिकारीहरुलाई सम्वोधन गर्ने क्रममा सो कुरा बताउनु भएको हो । उहाँले आउँदो ८४ मा सिन्धुलीका नौं वटै पालिकामा एमालेलाई विजयी गराउन नयाँ नेतृत्व लाग्न निर्देशन दिनुभयो । मिसन ८४ मा सिन्धुलीका तीनै तहमा पार्टीलाई विजयी गराए मात्रै नयाँ नेतृत्वले सार्थकता पाउने बताउँदै पूर्वमन्त्रीसमेत रहनु भएका लामाले आन्तरिक एकतालाई सुदृढ बनाएर बलियो र एकतावद्ध पार्टी निर्माण गरेर अगाडि बढ्न जिल्ला नेतृत्वलाई सुझाब दिनुभयो ।
अहिले स्थानीय तहका लागि योजना निर्माण गर्ने बेला भएकाले पार्टी नेतृत्वका विकास निर्माणका एजेण्डाहरु छनोट गरेर लैजान पनि सुझाउनुभयो । सो अबसरमा एमालेका बागमती प्रदेश कमिटी सदस्य प्रदीप कटुवाल, प्रल्हाद पोखरेल, जिल्ला अध्यक्ष महेन्द्रदेव श्रेष्ठ, उपाध्यक्ष कर्ण घिसिङ, सचिव नवराज थिङ र उपसचिव दिपेश बराल हुनुहुन्थ्यो ।

प्रकाशित मिति : २०८१, २७ बैशाख बिहीबार  ११ : ५५ बजे

नेपाल खेलकुद महासंघको केन्द्रीय अध्यक्षमा दीपेन्द्र दाहाल चयन

काठमाडौं । नेपाल खेलकुद महासंघको केन्द्रीय अध्यक्षमा दीपेन्द्र दाहाल चयन

जर्मनीको अप्रत्याशित बहिर्गमनसँगै विश्वकपका ऐतिहासिक उलटफेर फेरि चर्चामा

काठमाडौं । सन् २०२६ को फिफा विश्वकपमा चार पटकको विश्वविजेता

जिल्लामै गुनासो समाधान गर्न गृहको निर्देशन, होटलको खानामा देशव्यापी अनुगमन हुने

काठमाडौं । गृह मन्त्रालयले नागरिकका दैनिक गुनासो जिल्ला तहबाटै समाधान

ओलीको प्रहार: ‘हिंसा, आगजनी र लुटपाटलाई कानुनी संरक्षण दिँदै सरकार अराजकताको संरक्षक बन्यो’

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारमाथि

हुलाक सेवा निजी क्षेत्रसँग साझेदारीमा सञ्चालन गर्ने सरकारको तयारी

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले हुलाक