२०८३, २ भाद्र बुधबार

केही नेपाली ऐनलाई संसोधन गर्न बनेको विधेयकमाथि छलफल

केही नेपाली ऐनलाई संसोधन गर्न बनेको विधेयकमाथि छलफल


काठमाडौं । कानून समितिमा विहीबार पनि केही नेपाली ऐनलाई संसोधन गर्न बनेको विधेयकमाथि छलफल भएको छ ।

बिहीबार सिंहदरबारमा बसेको कानून, न्याय तथा मानव अधिकार समितिमा केही नेपाली ऐनलाई शंसोधन गर्न बनेको विधेयकमाथि छलफल भएको हो ।

छलफलमा कानुन न्याय तथा संघीय मामिलामन्त्री पदम गिरीले जतिसक्दो चाँडो छलफल गरी विधेयक टुङग्याउन आवश्यक रहेको बताए । उनले संसदको हिउँदे अधिवेशन नजिकिएकाले धेरै समय नभएको भन्दै तिब्र रुपमा काम गरी आउने एक हप्ताभित्र यसलाई टुङ्गोमा पु¥याउनुपर्ने बताए ।

उनले भने,‘हामी संसदको हिउँदे अधिवेशनको धेरै समय छैन् । यसबिचमा हामीले केही नेपाली ऐनलाई संसोधन गर्न बनेको विधेयक यसलाई टुङग्याएर एउटा ऐनको रुपमा यसलाई अगाडि बढाउन सक्यौ भने राम्रो उपलब्धी हुनसक्छ । हामीसँघ धेरै समय नभएकाले हामीले तिब्र रुपमा काम गर्न आवश्यक छ । आउने एक हप्ताभित्र यसलाई टुङ्गोमा पु¥याउनु पर्नेछ ।’

संघीय संसदका सचिव पद्म प्रसाद पाण्डेयल धेरै संशोधनको विषयहरु छुटेको भन्दै अहिले संशोधनमा रहेका विषय तत्कालको लागि ढोका खेलेर तत्कालको समस्या हल गर्ने मात्र रहेको बताए । दिर्घाकालीन रुपमा समस्या समाधानको लागि फेरि ऐनको मस्यौदा ड्राफ्ट गरेर पठाउने पक्षमा आफूहरु रहेको उनले बताए ।

उनले भने,‘शंसोधनको विषय यति मात्र होइन थुप्रो छन् । व्यापक रुपमा अरु थप काम गर्नुपर्ने छ । त्यो काम गर्न हामीलाई हामीलाई धेरै समय लाग्छ । अहिलेको प्रस्ताव तत्कालिन व्यवस्थापन मात्र हो । यसले तत्कालको लागि ढोका खोल्छ । तत्कालको समस्या हल गर्छ । तर दिर्घाकलिन समाधानको लागि हामीले निजामति ऐन सँग प्रतिस्पर्धी हुने गरी हामीले ड्राफ्ट गरी फेरी ऐनको मस्यौदा ड्राफ्ट गरेर पठाउँने भन्नेमा हामी छौं ।’

उनले केही नेपाली ऐनलाई संसोधन गर्न बनेको विधेयक जुन छ त्यसमा एउटै विषय नभएर धेरै विषयहहरु समेटिएको टिप्पणी गरे ।

प्रकाशित मिति : २०८०, २२ चैत्र बिहीबार  ६ : ०६ बजे

वागमती प्रदेशमा एमाले नेतृत्वमा नयाँ सरकार गठनका लागि दाबी पेश बिहिबार मुख्यमन्त्रीको सपथ

====================================== सहमती लगत्तै आजै एमाले नेता किरण थापा मगरले वागमती

रास्वपाभित्र सांसदको भूमिकामाथि बहस, रविले बोलाए मन्त्री र सांसद

काठमाडौं । संसद्मा पार्टीका सांसदको प्रस्तुति र सरकारसँगको सम्बन्धलाई लिएर

नेपाल भित्रियो शक्तिशाली विद्युतीय एसयूभी एम हिरो, नाडा अटो शोमा सार्वजनिक हुँदै

काठमाडौं । चिनियाँ अटो निर्माता डोङफेङले उत्पादन गरेको शक्तिशाली विद्युतीय

जुकरबर्गले मुद्दा हारे फेसबुक र इन्स्टाग्राममा ठूलो परिवर्तन हुनसक्ने

काठमाडौँ । मेटाविरुद्ध अमेरिकाका ३० राज्यले दायर गरेको मुद्दाको सुनुवाइ

आज देशभर वर्षाको सम्भावना, पाँच प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको चेतावनी

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज अधिकांश