२०८३, २० आश्विन बुधबार

आजको मौसम : विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना, चट्याङ र हावाहुरीबाट सतर्क रहन आग्रह

आजको मौसम : विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना, चट्याङ र हावाहुरीबाट सतर्क रहन आग्रह


काठमाडौं । देशमा पश्चिमी न्यून चापीय प्रणालीसँगै मनसुनी वायुको प्रभाव कायम रहेकाले आज पनि अधिकांश भूभागमा मौसम बदली रहने भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार केही स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित वर्षा हुने सम्भावना छ।

हिमाली तथा पहाडी क्षेत्रमा सामान्यतया बादल लाग्नेछ भने तराई क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहने अनुमान गरिएको छ। कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा तथा लुम्बिनीका एक–दुई स्थानमा वर्षा भइरहेको छ। दिउँसो हिमाली क्षेत्रका थोरै तथा पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्नेछ। केही क्षेत्रमा हावाहुरी र असिनाको समेत सम्भावना रहेको छ। लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा केही स्थानमा तथा मधेशसहित कोशी, बागमती र गण्डकीका तराई क्षेत्रमा थोरै स्थानमा पनि मेघगर्जनसहित वर्षा हुने अनुमान छ। लुम्बिनी र सुदूरपश्चिमका पहाडी तथा तराई क्षेत्रसँगै बागमती, गण्डकी र कर्णालीका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

रातिको समयमा कोशी प्रदेशसहित देशका हिमाली तथा पहाडी क्षेत्रमा सामान्य बदली रहनेछ। हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षासँगै हिमपात पनि हुन सक्ने मौसमविद्को अनुमान छ। यस्तै, कर्णाली र सुदूरपश्चिमका पहाडी क्षेत्रमा केही स्थान तथा कोशी, बागमती, गण्डकी र लुम्बिनीका पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्नेछ। तराईका केही स्थानमा पनि वर्षाको सम्भावना रहेको छ। मौसममा आएको परिवर्तनसँगै चट्याङ, हावाहुरी, असिना र भारी वर्षाबाट हुन सक्ने जोखिमप्रति सतर्क रहन सम्बन्धित निकायले आग्रह गरेको छ।

प्रकाशित मिति : २०८३, २० आश्विन बुधबार  १० : २५ बजे

एमाले स्थायी कमिटी बैठकमा पहिलोपटक विद्या भण्डारी

काठमाडौं । नेकपा एमालेले बिहीबार स्थायी कमिटी बैठक बस्ने भएको

कांग्रेस महाधिवेशन : उम्मेदवारहरूको नामावली सार्वजनिक

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि

आजको मौसम : विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना, चट्याङ र हावाहुरीबाट सतर्क रहन आग्रह

काठमाडौं । देशमा पश्चिमी न्यून चापीय प्रणालीसँगै मनसुनी वायुको प्रभाव

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ६३५ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ६३५ वटा सवारीसाधनका

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय