२०८३, २ भाद्र बुधबार

आज विश्व रेडियो दिवस : विभिन्न कार्यक्रम गरी मनाइँदै

आज विश्व रेडियो दिवस : विभिन्न कार्यक्रम गरी मनाइँदै


काठमाण्डौ । आज विश्व रेडियो दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । संयुक्त राष्ट्रसंघको आहृवानमा सन् २०१२ देखि विश्व रेडियो दिवस मनाउन शुरु गरिएको हो । यस वर्षको नारा ‘रेडियोको एक शताब्दी, जानकारी, मनोरञ्जन र शिक्षा’ रहेको छ ।

सन् १८९४ मा इटालीका वैज्ञानिक जी मार्कोनीले रेडियोको आविष्कार गरेपछि आजसम्म रेडियो र यसका संरचनाहरूले धेरै प्रविधिमय आयाममा परिवर्तन ल्याइसकेको छ । नेपालमा २००३ सालमा काठमाण्डौमा रेडियो नेपालको प्रसारण शुरु भए पनि औपचारिक रुपमा भने २००७ साल मङ्सिर २८ गतेदेखि प्रजातन्त्र रेडियोका नाममा रेडियो सञ्चालन शुरु भएको हो ।

एफएम प्रसारण भने २०५२ सालदेखि शुरु भएको हो । देशका सबैजसो जिल्लामा एफएम रेडियो स्थापना भएका छन् । रेडियोलाई आमसञ्चारको प्रभावकारी माध्यमका रुपमा लिइन्छ । बढ्दो प्रविधिसँगै सञ्चार क्षेत्रमा अन्य धेरै विकल्पहरु थपिएका छन् । तर रेडियोको महत्व र योगदान अझै पनि सान्दर्भिक नै छ ।

चेतना प्रवाह, हरेक राजनीतिक परिवर्तन, विकास निर्माण, शिक्षा, स्वास्थ्यसँगै भूकम्पजस्ता विपद्मा रेडियोको भूमिकालाई महत्वपूर्ण मानिन्छ । तर पछिल्लो पटक रेडियोका लागि पनि आर्थिक सङ्कट चुनौतीपूर्ण बनेको छ । त्यसै कारण कतिपय रेडियो बन्द भएका छन् भने अरु केही बन्द हुने अवस्थामा पुगेका छन् ।

मुख्यगरी पछिल्लो पटक विश्वव्यापी रुपमा देखिएको कोरोना महामारी र त्यसपछि अर्थतन्त्र आएको शिथिलताको प्रभाव रेडियोमा पनि परेको हो । अहिले धेरैजसो रेडियो सञ्चालक र रेडियोकर्मीको ध्यान आर्थिक सङ्कटबाट रेडियोलाई कसरी बचाउने भन्नेमा केन्द्रित छ । राजनीतिक परिवर्तनसँगै सामाजिक रूपान्तरणका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको रेडियोको योगदानलाई सरकारले बेवास्ता गर्ने गरेको गुनासो छ ।

प्रकाशित मिति : २०८०, १ फाल्गुन मंगलबार  १२ : ५४ बजे

वागमती प्रदेशमा एमाले नेतृत्वमा नयाँ सरकार गठनका लागि दाबी पेश बिहिबार मुख्यमन्त्रीको सपथ

====================================== सहमती लगत्तै आजै एमाले नेता किरण थापा मगरले वागमती

रास्वपाभित्र सांसदको भूमिकामाथि बहस, रविले बोलाए मन्त्री र सांसद

काठमाडौं । संसद्मा पार्टीका सांसदको प्रस्तुति र सरकारसँगको सम्बन्धलाई लिएर

नेपाल भित्रियो शक्तिशाली विद्युतीय एसयूभी एम हिरो, नाडा अटो शोमा सार्वजनिक हुँदै

काठमाडौं । चिनियाँ अटो निर्माता डोङफेङले उत्पादन गरेको शक्तिशाली विद्युतीय

जुकरबर्गले मुद्दा हारे फेसबुक र इन्स्टाग्राममा ठूलो परिवर्तन हुनसक्ने

काठमाडौँ । मेटाविरुद्ध अमेरिकाका ३० राज्यले दायर गरेको मुद्दाको सुनुवाइ

आज देशभर वर्षाको सम्भावना, पाँच प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको चेतावनी

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज अधिकांश