२०८३, २ भाद्र बुधबार

भक्तपुरमा रोकिएको गाडीमा ठोक्किएर एक जना मोटरसाइकल चालकको मृत्यु

भक्तपुरमा रोकिएको गाडीमा ठोक्किएर एक जना मोटरसाइकल चालकको मृत्यु


काठमाडौं । भक्तपुरमा रोकिएको गाडीमा ठोक्किएर एक जना मोटरसाइकल चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भक्तपुर सूर्यविनायक नगरपालिका-२ बालकोटका २४ वर्षीय समन भुजेल रहेका छन् । गाडीमा ठोक्किएर सख्त घाइते भएका उनको मध्यपुर थिमि अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

हिजो राति ९ :५० बजे मध्यपुर ठिमी नगरपालिका-४ चारदोबाटोस्थित आकाशे पुल नजिकै रोकिएको बा ५ ख. २५१ नं. को गाडीमा भुजेल चढेको प्रदेश नं. ३ -०२-००९ प ७००७ नम्बरको मोटरसाइकल ठोक्किएको थियो ।

भुजेलको शव पोष्टमार्टमका लागि भक्तपुर अस्पतालमा राखिएको छ । दुर्घटनामा मोटरसाइकलको पछाडि बसेकी बालकोटकै २० वर्षीया सोफिया ठकुरी पनि घाइते भएकी छन् । उनको भक्तपुर ईन्टरनेशनल अस्पताल ठिमीमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : २०८०, १७ माघ बुधबार  १२ : ३७ बजे

वागमती प्रदेशमा एमाले नेतृत्वमा नयाँ सरकार गठनका लागि दाबी पेश बिहिबार मुख्यमन्त्रीको सपथ

====================================== सहमती लगत्तै आजै एमाले नेता किरण थापा मगरले वागमती

रास्वपाभित्र सांसदको भूमिकामाथि बहस, रविले बोलाए मन्त्री र सांसद

काठमाडौं । संसद्मा पार्टीका सांसदको प्रस्तुति र सरकारसँगको सम्बन्धलाई लिएर

नेपाल भित्रियो शक्तिशाली विद्युतीय एसयूभी एम हिरो, नाडा अटो शोमा सार्वजनिक हुँदै

काठमाडौं । चिनियाँ अटो निर्माता डोङफेङले उत्पादन गरेको शक्तिशाली विद्युतीय

जुकरबर्गले मुद्दा हारे फेसबुक र इन्स्टाग्राममा ठूलो परिवर्तन हुनसक्ने

काठमाडौँ । मेटाविरुद्ध अमेरिकाका ३० राज्यले दायर गरेको मुद्दाको सुनुवाइ

आज देशभर वर्षाको सम्भावना, पाँच प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको चेतावनी

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज अधिकांश