२०८३, २७ भाद्र आईतबार

एनआईसी एसिया बैंकको नाफा ४१ प्रतिशत घट्यो, वितरणयोग्य नाफा ऋणात्मक

एनआईसी एसिया बैंकको नाफा ४१ प्रतिशत घट्यो, वितरणयोग्य नाफा ऋणात्मक


काठमाडौं । एनआईसी एसिया बैंकको नाफामा ४१ प्रतिशतको गिरावट आएको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार साउनदेखि पुस मसान्तसम्म खुद नाफा एक अर्ब ९० करोड ३८ लाख रुपैयाँ छ ।

गत वर्षको यस अवधिमा यस्तो नाफा तीन अर्ब २७ करोड ३३ लाख रुपैयाँ थियो । बैंकको मुख्य बिजनेस खुद ब्याज आम्दानी घट्नु र लोन लस प्रोभिजन बढ्नुले नाफा घटेको देखिन्छ ।

बैंकको खुद ब्याज आम्दानी गत वर्षको दोस्रो त्रैमासमा ६ अर्ब १६ करोड रुपैयाँ रहेकोमा अहिले पाँच अर्ब ५४ करोड रुपैयाँमा खुम्चिएको छ ।

त्यस्तै बैंकको लोन लस प्रोभिजन ४८ करोड रुपैयाँ छ । जबकि गत वर्षको दोस्रो त्रैमासमा बैंकले ४७ करोड ९६ लाख रुपैयाँ ‘राइट ब्याक’ गरेको थियो । बैंकको वार्षिक प्रतिसेयर आम्दानी २५ रुपैयाँ ५९ पैसा छ । गत वर्षको यस अवधिमा ५६ रुपैयाँ ७७ पैसा थियो ।

बैंकको निष्क्रिय कर्जा कुल कर्जामा १.१९ प्रतिशत छ, गत वर्षको दोस्रो त्रैमासमा यस्तो कर्जा ०.६१ प्रतिशत मात्रै थियो । त्यस्तै बैंकको सीडी रेसियो गत वर्षको पुस मसान्तसम्म ८३ प्रतिशत रहेकोमा यो पुस मसान्तसम्म ७७ प्रतिशतमा झरेको छ । यहीं अवधिमा बैंकको आधार दर ११ प्रतिशतबाट ९.६८ प्रतिशतमा झरेको छ ।

बैंकको औसत ब्याजदर अन्तर ९स्प्रेडदर० ३.९९ प्रतिशत छ । पुस मसान्तसम्म बैंकको वितरणयोग्य नाफा भने ५९ करोड २२ लाख रुपैयाँ ऋणात्मक छ ।

बैंकले यसअघि मर्जर तथा प्राप्तिमा पाएको बार्गेन पर्चेज गेनवापत सरकारलाई ४४ करोड ४५ लाख रुपैयाँ बुझाउँदा पनि वितरणयोग्य नाफामा असर परेको छ ।

प्रकाशित मिति : २०८०, ७ माघ आईतबार  १२ : २८ बजे

सिन्धुलीको मासु प्रशोधन उद्योगमा छापामारी, गैरकानूनी रूपमा कामगर्दै चिनियाँहरू

सिन्धुली । निर्माणाधिन सिन्धुलीको मासु प्रशोधन उद्योगमा आज अध्यागमन विभाग

ग्यास अभाव विवाद चर्किएपछि उद्योगमन्त्री यादवको राजीनामा

काठमाडौं । ग्यास अभावको समस्या समाधान गर्न नसकेको भन्दै चौतर्फी आलोचना

बाढीपहिरो पीडितको उद्धार तथा राहतका लागि टेक्नो मोबाइलद्वारा १० लाख रुपैयाँ सहयोग

काठमाडौँ ।  अविरल वर्षाका कारण उत्पन्न बाढीपहिरो तथा प्राकृतिक विपद्बाट

केम्पो ओपन कपमा प्रतिस्पर्धा गर्न नेपाली टोली पोर्चुगल प्रस्थान

काठमाडौं । विश्वका करिब ३० देशका खेलाडी सहभागी हुने अन्तर्राष्ट्रिय

गगन थापा स्याङ्जा जाँदै, गोपालमान श्रेष्ठको ४५औँ पुण्यकार्यमा सहभागी हुने

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा स्याङ्जा जाने भएका छन्।