२०८३, २० आश्विन बुधबार

विराटनगरमा चिसोबाट बच्न ३ सय ज्येष्ठ नागरिकलाई फाइबर सिरक

विराटनगरमा चिसोबाट बच्न ३ सय ज्येष्ठ नागरिकलाई फाइबर सिरक


विराटनगर । विराटनगर महानगरपालिकाले चिसोबाट बच्न ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरेको छ । अत्यधिक चिसो बढेपछि ज्येष्ठ नागरिकलाई फाइबर सिरक वितरण गरेको हो ।
केही दिनयता बाक्लो हुस्सु लाग्ने गरेको र दिन घमाइलो हुन छाडेपछि चिसो अत्यधिक बढेको छ । चिसोका कारण जनजीवन प्रभावित भएपछि महानगर क्षेत्रका विद्यालयहरुमा तीन दिन बिदा समेत दिइएको छ । चिसो बढेपछि खासगरी जेष्ठ नागरिकहरुको दैनिकी कष्टकर बनेको छ । यही अवस्थालाई ध्यान दिँदै उनीहरुका लागि फाइबर सिरक वितरण गरिएको हो ।

विराटनगर महानगर वडा नम्बर १८ ले बुधबार आयोजना गरेको कार्यक्रममा ज्येष्ठ नागरिकलाई फाइबर सिरक वितरण गरियो । विराटनगर वडा नम्बर १८ भित्र बसोबास गर्ने ६८ वर्षभन्दा माथिका ३ सय ज्येष्ठ नागरिकलाई सिरक वितरण गरिएको वडाध्यक्ष जितेन्द्र साहले जानकारी दिए । कार्यक्रममा मेयर नागेश कोइराला, वडाध्यक्ष जितेन्द्र साहलगायतले सिरक वितरण हस्तानतरण गरेका थिए । कार्यक्रममा वडा सदस्य महेश मण्डल, सूर्यादेवी यादव, वडासचिव किरण सुवेदी, इलाका प्रहरी कार्यालय वरिष्ठ प्रहरी नायव निरीक्षक विजय बस्नेतलगायतको उपस्थिति थियो ।

प्रकाशित मिति : २०८०, ३ माघ बुधबार  ५ : ३२ बजे

एमाले स्थायी कमिटी बैठकमा पहिलोपटक विद्या भण्डारी

काठमाडौं । नेकपा एमालेले बिहीबार स्थायी कमिटी बैठक बस्ने भएको

कांग्रेस महाधिवेशन : उम्मेदवारहरूको नामावली सार्वजनिक

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि

आजको मौसम : विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना, चट्याङ र हावाहुरीबाट सतर्क रहन आग्रह

काठमाडौं । देशमा पश्चिमी न्यून चापीय प्रणालीसँगै मनसुनी वायुको प्रभाव

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ६३५ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ६३५ वटा सवारीसाधनका

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय