२०८३, ३१ भाद्र बिहीबार

मेलम्चीमा नदीजन्यपदार्थ उत्खनन नौ स्काभेटर नियन्त्रणमा

मेलम्चीमा नदीजन्यपदार्थ उत्खनन नौ स्काभेटर नियन्त्रणमा


मेलम्ची, २२ भदौ : नदीमा अनाधिकृत रुपमा बालुवालगायत नदीजन्यपदार्थ उत्खनन गर्ने क्रममा इलाका प्रहरी कार्यालय, मेलम्चीले विभिन्न स्थानबाट साउनयता नौ स्काभेटर नियन्त्रणमा लिएको छ । नदीजन्य पदार्थ बोक्ने कार्यमा संलग्न १६ ट्रक, सात मिनी ट्रक र छ ट्रयाक्टर गरी ३८ सवारी साधन बरामद गरिएको इलाकाप्रहरी कार्यालय मेलम्चीले जनाएको छ ।

बरामद गरिएका सवारी साधनलाई सम्बन्धित निकायमा थप कारवाहीका लागि पठाइएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रमुख परशुराम मल्लले जानकारी दिनुभयो । यस्तै मानिस लगाई इन्द्रावती नदीबाट बालुवा निकाल्न लगाउने एक जनालाई सार्वजनिक शान्तिविरुद्धको कसुरमा म्याद थप लिई आवश्यक कारवाहीसमेत भइरहेको प्रहरीले जनाएको छ ।

यही भदौ ५ गते मेलम्ची नगरपालिका–१२ स्थित पाल्चोकी क्रसरको इन्द्रावती नदीमा फेला परेको अनटेष्ट स्काभेटर र हेलम्बु गाउँपालिका–२ स्थित मेलम्चीमा फेला परेको वा ४ ख ५४२नम्बरको मिनीट्रक पनि कारवाही प्रक्रियामा रहेको मेलम्ची प्रहरीले जनाएको छ । सरकारले वर्षायाममा नदीजन्य पदार्थ उत्खनन् गर्न प्रतिबन्ध लगाए पनि विभिन्न स्थानमा चोरीछिपी स्काभेटर प्रयोग गरेर बालुवा निकाल्ने गिरोह सक्रिय हँुदै आएकाछन् ।
-रासस

प्रकाशित मिति : २०७५, २२ भाद्र शुक्रबार  ७ : १४ बजे

भोटेकोशीको अकल्पनीय विपत्ति :पुनर्निर्माण संरचनाको कि सुरक्षित भविष्यको ?

भोटेकोशी–त्रिशूली जलाधारमा आएको विनाशकारी बाढीले नेपालसामु एउटा गम्भीर प्रश्न खडा

इरानसँगको युद्धमा अमेरिकाको ३८ अर्ब डलर खर्च

काठमाडौं । इरानसँग जारी युद्धका क्रममा अमेरिकाले हालसम्म करिब ३८ अर्ब अमेरिकी डलर खर्च गरेको

संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

काठमाडौं । अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा गरिसकेका अर्जेन्टिनाका स्टार फुटबलर

रवि लामिछानेको नेतृत्वमा उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउने निर्णय

काठमाडौं । विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूको बैठकले रास्वपा सभापति रवि लामिछानेको नेतृत्वमा उच्चस्तरीय राजनीतिक