२०८३, २ भाद्र बुधबार

घाइतेको उपचारमा प्रभावकारी भूमिका निर्वाह गर्न प्रधानमन्त्रीको निर्देशन

घाइतेको उपचारमा प्रभावकारी भूमिका निर्वाह गर्न प्रधानमन्त्रीको निर्देशन


काठमाडौं । दाङको भालुवाङमा भएको बस दुर्घटनाका घाइतेको उपचारमा प्रभावकारी भूमिका निर्वाह गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्देशन दिएका छन् । सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री प्रचण्डले घटनाप्रति दुःख व्यक्त गर्दै घाइतेको उपचारमा प्रभावकारी भूमिका निर्वाह गर्न सरोकारवाला निकायलाई निर्देशन दिएका हुन् ।

गएराति दाङको भालुवाङमा भएको बस दुर्घटनामा १२ जनाको मृत्यु भएको थियो । बसमा सवार ३५ जनामध्ये १२ जनाको मृत्यु भएको हो । २२ जना घाइते भएका छन् ।

घाइते २२ मध्ये सातजनालाई बुटवल, नौजनाको नेपालगञ्ज र ६ जनाको भालुवाङ अस्पताल दाङमा उपचार भइरहेको छ ।

शुक्रबार राति नेपालगञ्जबाट काठमाडौंतर्फ आइरहेको भे १ ख ३००१ ख ३९१२ नम्बरको बस राप्ती गाउँपालिका–१ स्थित राप्ती पुलबाट खसेको थियो ।

प्रकाशित मिति : २०८०, २८ पुस शनिबार  १२ : ३९ बजे

वागमती प्रदेशमा एमाले नेतृत्वमा नयाँ सरकार गठनका लागि दाबी पेश बिहिबार मुख्यमन्त्रीको सपथ

====================================== सहमती लगत्तै आजै एमाले नेता किरण थापा मगरले वागमती

रास्वपाभित्र सांसदको भूमिकामाथि बहस, रविले बोलाए मन्त्री र सांसद

काठमाडौं । संसद्मा पार्टीका सांसदको प्रस्तुति र सरकारसँगको सम्बन्धलाई लिएर

नेपाल भित्रियो शक्तिशाली विद्युतीय एसयूभी एम हिरो, नाडा अटो शोमा सार्वजनिक हुँदै

काठमाडौं । चिनियाँ अटो निर्माता डोङफेङले उत्पादन गरेको शक्तिशाली विद्युतीय

जुकरबर्गले मुद्दा हारे फेसबुक र इन्स्टाग्राममा ठूलो परिवर्तन हुनसक्ने

काठमाडौँ । मेटाविरुद्ध अमेरिकाका ३० राज्यले दायर गरेको मुद्दाको सुनुवाइ

आज देशभर वर्षाको सम्भावना, पाँच प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको चेतावनी

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज अधिकांश