२०८३, २० आश्विन बुधबार

भूकम्पबाट पीडितलाई अस्थायी घर बनाउन सरकारले प्रतिपरिवार ५० हजार रुपैयाँ दिने

भूकम्पबाट पीडितलाई अस्थायी घर बनाउन सरकारले प्रतिपरिवार ५० हजार रुपैयाँ दिने


काठमाण्डौ । जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पमा घरबास गुमाएका पीडितलाई सरकारले अस्थायी आवास बनाउन प्रतिपरिवार ५० हजार रुपैयाँ दिने निर्णय गरेको छ । पीडित परिवारलाई अस्थायी आवासका लागि जस्तापाता खरिदलगायत निर्माण सामग्रीका लागि राहत दिने सरकारको तयारी छ ।

अघिल्लो हप्ता शुक्रवार मध्यराति गएको भूकम्पमा पूर्ण र आंशिक गरी ६२ हजारभन्दा धेरै घरमा क्षति पुगेको छ । क्षतिग्रस्त क्षेत्रमा तिहारपछि पुनर्निर्माणको काम थाल्ने सरकारको तयारी छ । जिल्ला विपद् व्यवस्थापन समितिले भूकम्पपीडितलाई पुग्ने गरी राहत सामग्री पठाएको दाबी गरे पनि सबै भूकम्पपीडितले पाउन नसकेको गुनासो पनि छ ।

तर भूकम्पबाट जाजरकोट र रुकुम पश्चिममा जनधनको क्षति भएपछि स्थानीय तहसँगै सङ्घसंस्था र नागरिक तहबाट राहत सहयोगमा हातेमालो भैरहेको छ । विभिन्न पालिकाले भूकम्प प्रभावित क्षेत्रका लागि सहयोग रकम नै छुट्टाएका छन् । त्यस्तै गण्डकी प्रदेश सरकारले भूकम्पलगत्तै आपत्कालीन मानवीय सहायताका लागि डाक्टरसहित उद्धार टोली भूकम्प प्रभावित क्षेत्रमा पठाएको थियो । लगत्तै मन्त्रिपरिषद्को बैठक बसेर भूकम्पपीडितको राहत तथा पुनःस्थापनाका लागि एक करोड सहयोग गर्ने निर्णय गर्‍यो ।

त्यस्तै पोखरा महानगरपालिकाले पनि घाइतेको उपचारका लागि औषधिसहित राहत सामग्री भूकम्प प्रभावित क्षेत्रमा पठाएको थियो । महानगरले भूकम्प प्रभावित क्षेत्रमा ५० लाख रुपैयाँको सहयोगसमेत घोषणा गरेको छ । महानगरका जनप्रतिनिधिले एक महिना बराबरको पारिश्रमिक भूकम्पपीडितको राहत कोषमा प्रदान गर्ने निर्णय भएको मेयर धनराज आचार्यले बताउनुभयो । बागलुङको बडिगाड र ताराखोला गाउँपालिकालगायतका पालिकाले पनि भूकम्प प्रभावितको राहत तथा उद्धारमा सक्रियता देखाए ।

काठमाण्डौको टोखा नगरपालिकासहित अरु स्थानीय तहले जाजरकोट र पश्चिम रुकुमका भूकम्पपीडितको उपचार र पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धारकोषमा आर्थिक सहयोग गर्ने निर्णय पनि गरेका छन् ।

प्रकाशित मिति : २०८०, २६ कार्तिक आईतबार  ९ : ०८ बजे

वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने

काठमाडौं । नेपाली कांग्रेसको काठमाडौंमा जारी १५औँ महाधिवेशनअन्तर्गत आज बिहान

गगन थापाको बाटो खुल्यो, किशोर राठौरले छाडे सभापतिको दौड

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार किशोरसिंह

कांग्रेस महाधिवेशन : पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ पूरा सूची

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा कुन समूहमा को–को भिड्दै छन् ?

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्रीका विभिन्न समूहमा उम्मेदवारी

एमाले स्थायी कमिटी बैठकमा पहिलोपटक विद्या भण्डारी

काठमाडौं । नेकपा एमालेले बिहीबार स्थायी कमिटी बैठक बस्ने भएको