२०८३, २ भाद्र बुधबार

पालिकाबाट पनि मतदाता नामावली दर्ता तथा अद्यावधिक गर्न आयोगले कार्यविधिको मस्यौदा बनायो

पालिकाबाट पनि मतदाता नामावली दर्ता तथा अद्यावधिक गर्न आयोगले कार्यविधिको मस्यौदा बनायो


काठमाण्डौ । पालिकाबाट पनि मतदाता नामावली दर्ता तथा अद्यावधिक गर्ने प्रयोजनका लागि निर्वाचन आयोगले कार्यविधिको मस्यौदा तयार पारेको छ ।

मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्यलाई सरल, सहज र नागरिकको पहुँचमा पुर्‍याउन तथा मतदाता नामावलीमा थप शुद्धता कायम गर्न पालिकाबाट नै मतदाता नामावली दर्ता र अद्यावधिक गर्ने प्रयोजनका लागि कार्यविधिको मस्यौदा तयार भएको आयोगले जनाएको छ । मस्यौदामा सरोकारवालाहरूको सुझाव सङ्कलनका लागि आयोगको वेबसाइटमा अपलोड पनि गरिएको जानकारी दिइएको छ ।

मस्यौदामा कुनै पालिकाले आफ्नो केन्द्र वा वडास्तरबाट नाम दर्ता गर्न इच्छुक भई निर्वाचन कार्यालयमार्फत आयोगमा अनुरोध गरेमा पालिकाको भौतिक स्रोत साधन र जनशक्तिको अवस्था हेरी आयोगले अनुमति दिने व्यवस्था गरिएको जनाइएको छ । यसरी अनुमति प्राप्त गरेपछि सम्बन्धित पालिकाको केन्द्र वा वडास्तरमै नाम दर्ता अधिकारी र दर्ता कर्मचारी तोकी मतदाता नामावली दर्ता कार्य प्रारम्भ हुनेछ । दर्ता भएका व्यक्तिहरूको विवरण अन्तिम मतदाता नामावली प्रकाशन हुने समयमा आयोगमा प्राप्त गरी अद्यावधिकको प्रक्रियामा लैजाने व्यवस्था रहेको छ ।

निर्वाचन आयोगलाई आफ्नो काम पूरा गर्न आवश्यक पर्ने कर्मचारी र अन्य सहयोग नेपाल सरकार, प्रदेश सरकार र स्थानीय सरकारले उपलब्ध गराउनेछ भन्ने व्यवस्था भएअनुसार मस्यौदा तयार गरेको आयोगको भनाइ छ । आयोगले यो कार्यमा पालिकाले सहयोग गर्ने अपेक्षा रहेको जनाएको छ ।

प्रकाशित मिति : २०८०, २९ आश्विन सोमबार  ५ : ४५ बजे

वागमती प्रदेशमा एमाले नेतृत्वमा नयाँ सरकार गठनका लागि दाबी पेश बिहिबार मुख्यमन्त्रीको सपथ

====================================== सहमती लगत्तै आजै एमाले नेता किरण थापा मगरले वागमती

रास्वपाभित्र सांसदको भूमिकामाथि बहस, रविले बोलाए मन्त्री र सांसद

काठमाडौं । संसद्मा पार्टीका सांसदको प्रस्तुति र सरकारसँगको सम्बन्धलाई लिएर

नेपाल भित्रियो शक्तिशाली विद्युतीय एसयूभी एम हिरो, नाडा अटो शोमा सार्वजनिक हुँदै

काठमाडौं । चिनियाँ अटो निर्माता डोङफेङले उत्पादन गरेको शक्तिशाली विद्युतीय

जुकरबर्गले मुद्दा हारे फेसबुक र इन्स्टाग्राममा ठूलो परिवर्तन हुनसक्ने

काठमाडौँ । मेटाविरुद्ध अमेरिकाका ३० राज्यले दायर गरेको मुद्दाको सुनुवाइ

आज देशभर वर्षाको सम्भावना, पाँच प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको चेतावनी

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज अधिकांश