२०८३, ११ कार्तिक बुधबार

गाजा क्षेत्रलाई कब्जा गर्ने कुनै चाहना छैन : इजरायल

गाजा क्षेत्रलाई कब्जा गर्ने कुनै चाहना छैन : इजरायल


काठमाण्डौ । इजरायलले गाजा क्षेत्रलाई कब्जा गर्ने कुनै चाहना नभएको जनाएको छ । इजरायलका राजदूत जिलाड अर्डनले अहिले आफूहरु आफ्नो नागरिकको सुरक्षाका लागि मात्रै लडिरहेको बताउनु भएको छ ।

यस्तै, उहाँले प्यालेस्टाइनी विद्रोही समूह हमासलाई समाप्त पार्नु आफूहरुको उद्देश्य रहेको बताउनु भएको सीएनएनले जनाएको छ ।

हमासलाई समाप्त पार्न जे गर्न पछि नपर्ने उहाँको भनाइ छ ।  हमास माथिको आक्रमण पछि गाजा क्षेत्रमा कसको शासन चल्छ भन्ने प्रश्नमा उहाँले युद्ध पछिको कुरा आफूले अहिले भन्न नसक्ने बताएका खबरमा उल्लेख छ । यसअघि अमेरिकी राष्ट्रपति जो बाइडेनले गाजा क्षेत्रलाई कब्जामा लिए त्यो इजरायलका लागि गलत हुने प्रतिक्रिया दिनु भएको थियो । उहाँको यो अभिव्यक्ति पछि इजरायलको प्रतिक्रिया आएको हो ।

इजरायली आक्रमणले प्यालेस्टाइनको गाजा क्षेत्रमा मानवीय सङ्कट हुन थालेको छ । इन्धन अभावले उत्तरी गाजाका अस्पताल बन्द हुने अवस्थामा पुगेका छन् । पछिल्लो ४८ घण्टामा उत्तरी गाजाका ११ लाखमध्ये ५ लाखभन्दा धेरै आफ्नो थातथलो छाडेर पलायन भएका छन् ।
 

प्रकाशित मिति : २०८०, २९ आश्विन सोमबार  १२ : ३० बजे

युवा पलायनले देशलाई उन्नतितर्फ होइन, अवनतितर्फ लैजान्छ : मुख्यमन्त्री थापा मगर

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले बढ्दो युवा

आईजीपी कार्कीले दिए चाडपर्व सुरक्षा निर्देशन, संगठनभित्रका गतिविधिप्रति पनि जनाए असन्तुष्टि

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले देशभरका प्रहरी कार्यालय

नयाँ प्रविधि : नेपाली कम्युनिस्ट आन्दोलन

विश्व कम्युनिस्ट आन्दोलन इतिहासको एउटा निर्णायक मोडमा उभिएको छ। सन्

स्वस्तिमाको ‘मायालाई के दिऊँ म बैना’ले बनायो ५ करोड भ्युजको रेकर्ड

काठमाडौं । फिल्म ‘लालीबजार’को लोकप्रिय गीत ‘मायालाई के दिऊँ म

ओलीको आक्रामक अभिव्यक्ति : ‘स्वाधीनता खण्डित भयो’, एमालेले आन्दोलन गर्ने

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशको स्वतन्त्रता