२०८३, २ भाद्र बुधबार

काठमाण्डौ–दिल्लीको भन्दा काठमाण्डौ–धनगढीको हवाई भाडा महँगो

काठमाण्डौ–दिल्लीको भन्दा काठमाण्डौ–धनगढीको हवाई भाडा महँगो


काठमाण्डौ । काठमाण्डौ देखि धनगढीसम्मको हवाई भाडा प्रतियात्रु १७ हजार रुपैयाँ पुर्याइएपछि चाडपर्वका समयमा काठमाण्डौबाट घर फर्किन चाहने यात्रु मर्कामा परेका छन् ।

देशको आन्तरिक हवाईसेवामा सम्भवतः यो भाडादर सबैभन्दा बढी हो । काठमाण्डौ–नयाँ दिल्लीको हवाई भाडादर योभन्दा कम रहेको यात्रुले बताएका छन् । निजी विमान कम्पनीले काठमाण्डौ–धनगढीको हवाई भाडा सात हजार नौसय रुपैयाँबाट वृद्धि गरी सत्र हजार रुपैयाँभन्दा बढी पुर्याएको गुनासो यात्रुको छ ।

चाडपर्वको मौका छोपेर आफूखुसी भाडा लिने गरे पनि सरकारको कुनै निकायले चासो नदिएको यात्रु सन्तोष जोशीले गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, काठमाण्डौदेखि नयाँ दिल्लीको हवाई भाडा सत्र हजार रुपैयाँभन्दा कम छ, आफ्नै देशभित्र यति धेरै भाडा तोकेर आकस्मिक काममा आवागमन गर्न चाहने यात्रुलाई थप सास्ती दिने काम भएको छ ।

चाडपर्व नजिकिएसँगै गन्तव्यमा आवागमन गर्न बसको टिकट पाउन सकस झेलिरहेका यात्रुलाई हवाई भाडादर वृद्धि हुँदा हवाईमार्गबाट आवागमन गर्ने चाहना पनि पूरा हुन सकेको छैन । धनगढी विमानस्थल कार्यालयका प्रमुख गणेशबहादुर सिंहले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा स्वीकृत भाडा दरअनुसार नै यतिबेला विमान कम्पनीले अधिकतम भाडा लिइरहेको बताउनुभयो ।

मन्त्रालयले स्वीकृत गरेको भाडादरअनुसार नै विमान कम्पनीले लिइरहेको देखिएको छु, उहाँले भन्नुभयो, चाड पर्वको बेला काठमाण्डौबाट धनगढी फर्किने यात्रुको चाप बढ्दा अधिकतम भाडा र धनगढीबाट काठमाण्डौ जाने यात्रु घट्दा न्यूनतम भाडा लिइरहेको देखिन्छ । भाडादर वृद्धिको विरोधमा विमानस्थल कार्यालय परिसरमा युवाको समूहले विरोध प्रदर्शन गरेको छ ।

अहिले काठमाण्डौ–धनगढीको भाडादर १४ हजार सातसय एकदेखि १७ हजार एकसय ८६ रुपैयाँ लिने गरिएको छ । धनगढीदेखि काठमाण्डौसम्मको भाडा भने निम्नतम सात हजार नौ सय रुपैयाँ छ । गएको साउन महिनादेखि यात्रुको हवाई टकटमा मूल्य अभिवृद्धि कर (भ्याट) समेत जोड्ने गरिएको छ । यसअघिसम्म टिकटमा भ्याट जोड्ने गरिएको थिएन । पछिल्ला केही महिनादेखि प्रतियात्रु विमानस्थलको सेवा शुल्क काठमाण्डौमा चारसय र धनगढीमा पाँच सय रुपैयाँ तोकिएको छ ।

धनगढी विमानस्थलबाट बुद्धएअर र श्री एअरलाइन्सले काठमाण्डौ–धनगढी–काठमाण्डौसम्मको दैनिक हवाई सेवा उपलब्ध गराउँदै आएको छ । यो विमानस्थलबाट दैनिक बुद्धले दुई र श्री एअरलाइन्सले चार उडान भर्ने गरेको छ । निजी क्षेत्रको समिट एअरले केही दिनदेखि नेपालगञ्ज बेसमा हरेक बुधवार र सोमवार धनगढी–बझाङ–धनगढी, धनगढी–साँफे–धनगढी र धनगढी–बाजुरा–नेपालगञ्जमा हवाई सेवा दिन थालेको छ।

प्रकाशित मिति : २०८०, २९ आश्विन सोमबार  ११ : २३ बजे

वागमती प्रदेशमा एमाले नेतृत्वमा नयाँ सरकार गठनका लागि दाबी पेश बिहिबार मुख्यमन्त्रीको सपथ

====================================== सहमती लगत्तै आजै एमाले नेता किरण थापा मगरले वागमती

रास्वपाभित्र सांसदको भूमिकामाथि बहस, रविले बोलाए मन्त्री र सांसद

काठमाडौं । संसद्मा पार्टीका सांसदको प्रस्तुति र सरकारसँगको सम्बन्धलाई लिएर

नेपाल भित्रियो शक्तिशाली विद्युतीय एसयूभी एम हिरो, नाडा अटो शोमा सार्वजनिक हुँदै

काठमाडौं । चिनियाँ अटो निर्माता डोङफेङले उत्पादन गरेको शक्तिशाली विद्युतीय

जुकरबर्गले मुद्दा हारे फेसबुक र इन्स्टाग्राममा ठूलो परिवर्तन हुनसक्ने

काठमाडौँ । मेटाविरुद्ध अमेरिकाका ३० राज्यले दायर गरेको मुद्दाको सुनुवाइ

आज देशभर वर्षाको सम्भावना, पाँच प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको चेतावनी

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज अधिकांश