२०८२, २८ फाल्गुन शुक्रबार

इजरायलबाट फर्कन चाहने बाँकी नेपालीलाई पनि स्वदेश ल्याउने प्रक्रिया शुरु

इजरायलबाट फर्कन चाहने बाँकी नेपालीलाई पनि स्वदेश ल्याउने प्रक्रिया शुरु


काठमाडौं । इजरायलबाट स्वदेश फर्काउन बाँकी रहेकालाई पठाउन प्रक्रिया शुरु भएको इजरायलमा रहेको नेपाली दूतावासले जनाएको छ ।

इजरायलको तेल अभिभमा रहेको नेपाली दूतावासले विज्ञप्ति निकालेर नेपाल फर्कन चाहनेको सङ्ख्या अझै दुई सय जनाभन्दा धेरै रहेको र उनीहरुलाई स्वदेश फर्काउन सहजीकरण गर्ने प्रक्रिया शुरु भएको जनाएको हो । दूतावासका अनुसार नेपाल फर्कन चाहनेहरुले अनलाइनमार्फत् विवरण भर्ने क्रम पनि चलिरहेको छ ।

यस्तै, प्यालेस्टाइनी विद्रोही समूह हमासको आक्रमणमा परेर घाइते भएर इजरायलमै उपचार गराइरहेका तीन जनामध्ये एक जना डिस्चार्ज हुने क्रममा छन् । अर्का दुई जना घाइतेको भने उपचार भइरहेको छ । घाइतेमध्ये एक जना डिस्चार्ज भएर बिहान स्वदेश फर्किसकेका छन् ।

यस्तै, दूतावासका अनुसार हराइरहेका विपीन जोशीको खोजीलाई तीव्रता दिन इजरायल सरकारलाई फेरि आग्रह गरिएको छ । हमासको आक्रमणमा ज्यान गुमाएका १० जना विद्यार्थीको शव नेपाल ल्याउन इजरायलको नियम तथा प्रक्रिया अनुसार काम भइरहेको पनि इजरायलमा रहेको नेपाली दूतावासले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

दूतावासले इजरायलमा रहेका नेपालीलाई संयम भएर दूतावाससँग समन्वय र सहकार्य गर्न तथा स्थानीय सुरक्षा निकायको निर्देशन पालना गर्न फेरि पनि आग्रह गरेको छ । इजरायलबाट २ सय ५४ जना आज बिहान स्वदेश फर्किसकेका छन् ।

बाँकी रहेका र नेपाल आउन चाहेकालाई पनि छिट्टै ल्याइने परराष्ट्रमन्त्री एनपी साउदले बताउनु भएको छ । उहाँले नियमित उडानमार्फत् पनि नेपालीलाई स्वदेश फर्काइने बताउनु भएको छ ।

प्रकाशित मिति : २०८०, २६ आश्विन शुक्रबार  २ : ०३ बजे

सूर्यविनायक नगरपालिकाद्धारा प्रहरीलाई गाडी हस्तान्तरण

भक्तपुर, २८ फागुन : सूर्यविनायक नगरपालिकाले प्रहरी बृत्त जगातीका लागि

‘अवैध सैन्य कारबाहीले क्षेत्रीय शान्ति भंग’ भन्दै इरानको नयाँ नेतृत्व चयनको अधिकारको समर्थन

काठमाडौं । उत्तर कोरियाले इरानमा अमेरिका र इसराइलले गरेको आक्रमणको

पुटिन-पेजेश्कियान टेलिफोन वार्ता : मध्यपूर्वको युद्ध र क्षेत्रीय तनावबारे छलफल

काठमाडौं । भ्लादिमिर पुटिन र मसुद पेजेश्कियानबीच टेलिफोन वार्ता भएको

समानुपातिकतर्फ १ करोड ७ लाख मत गणना, कसले कति सिट पाउँछन् ?

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ।

बन्दुकसँग फोटो खिच्दा भयावह दुर्घटना, डडेल्धुरामा किशोरको मृत्यु

डडेल्धुरा । बन्दुक समातेर फोटो खिच्ने क्रममा बन्दुक पड्किँदा डडेल्धुरामा