२०८३, २ भाद्र बुधबार

इजरायलबाट नेपाली विद्यार्थी ल्याउने विमान राति सवा ९ बजे आइपुग्ने

इजरायलबाट नेपाली विद्यार्थी ल्याउने विमान राति सवा ९ बजे आइपुग्ने


काठमाडौं । इजरायलमा नेपाली विद्यार्थी लिन गएको जहाज आज राति सवा ९ बजे काठमाडौं आइपुग्ने भएको छ ।

बुधबार राति इजरायल उडेको नेपाल एयरलाइन्सको विमानले त्यहाँबाट विद्यार्थी लिएर फर्किने परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।

नेपाली विद्यार्थी लिन बुधबार राति परराष्ट्रमन्त्री एनपी साउदसहितको टोली इजरायल गएको थियो । उक्त विमानले नेपाली समयअनुसार १०स्४६ बजे दुबईबाट इजरायलका लागि उडान भरेको छ र त्यहाँबाट नेपाली विद्यार्थी लिएर बिहीबार राति नै नेपालतर्फ आउनेछ ।

प्यालेस्टिनी लडाकु समूह हमासले गत शनिबार इजरायलमा आक्रमण गरेपछि इजरायलले पनि हमासविरुद्ध युद्ध घोषणा गरेको छ । युद्धमा परेर मृत्यु भएका १० नेपालीको शव ल्याउन भने समय लाग्ने परराष्ट्र मन्त्रालयको भनाइ छ ।

प्रकाशित मिति : २०८०, २५ आश्विन बिहीबार  १ : १३ बजे

वागमती प्रदेशमा एमाले नेतृत्वमा नयाँ सरकार गठनका लागि दाबी पेश बिहिबार मुख्यमन्त्रीको सपथ

====================================== सहमती लगत्तै आजै एमाले नेता किरण थापा मगरले वागमती

रास्वपाभित्र सांसदको भूमिकामाथि बहस, रविले बोलाए मन्त्री र सांसद

काठमाडौं । संसद्मा पार्टीका सांसदको प्रस्तुति र सरकारसँगको सम्बन्धलाई लिएर

नेपाल भित्रियो शक्तिशाली विद्युतीय एसयूभी एम हिरो, नाडा अटो शोमा सार्वजनिक हुँदै

काठमाडौं । चिनियाँ अटो निर्माता डोङफेङले उत्पादन गरेको शक्तिशाली विद्युतीय

जुकरबर्गले मुद्दा हारे फेसबुक र इन्स्टाग्राममा ठूलो परिवर्तन हुनसक्ने

काठमाडौँ । मेटाविरुद्ध अमेरिकाका ३० राज्यले दायर गरेको मुद्दाको सुनुवाइ

आज देशभर वर्षाको सम्भावना, पाँच प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको चेतावनी

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज अधिकांश