२०८३, २० आश्विन बुधबार

पाल्पामा डोजर पुरिँदा चालकको ज्यान गयो

पाल्पामा डोजर पुरिँदा चालकको ज्यान गयो


काठमाडौं । सडक मर्मत गरिरहेको डोजर पुरिँदा पाल्पामा चालकको ज्यान गएको छ ।

शान्तिनगर गाउँपालिका – १ दाङका ३० वर्षीय चालक धनबिर खड्काको दुर्घटनामा परेर ज्यान गएको हो । रामपुर नगरपालिका – १० टोक्से भन्ने ठाउँको बर्दलेबाट टोक्से जाने भित्री सडक खण्ड मर्मत गर्दै गरेको बा २ क १९५७ नम्बरको डोजरलाई सडक माथिबाट आएको सुख्खा पहिरोले पुरेको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ ।

पहिरोले पुरिएर गम्भीर घाइते भएका चालक खड्काको उपचारका क्रममा तानसेनको युनाइटेड मिशन अस्पतालमा ज्यान गएको र घटनाको बारेमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८०, २२ आश्विन सोमबार  ११ : ४१ बजे

वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने

काठमाडौं । नेपाली कांग्रेसको काठमाडौंमा जारी १५औँ महाधिवेशनअन्तर्गत आज बिहान

गगन थापाको बाटो खुल्यो, किशोर राठौरले छाडे सभापतिको दौड

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार किशोरसिंह

कांग्रेस महाधिवेशन : पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ पूरा सूची

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा कुन समूहमा को–को भिड्दै छन् ?

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्रीका विभिन्न समूहमा उम्मेदवारी

एमाले स्थायी कमिटी बैठकमा पहिलोपटक विद्या भण्डारी

काठमाडौं । नेकपा एमालेले बिहीबार स्थायी कमिटी बैठक बस्ने भएको