२०८३, २० आश्विन बुधबार

दशैँका लागि अग्रिम टिकट बुकिङ खुला

दशैँका लागि अग्रिम टिकट बुकिङ खुला


काठमाण्डौ । दशैँका लागि अग्रिम टिकट बुकिङ खुलेको छ । अग्रिम टिकट बुकिङ खुलेसँगै काठमाण्डौको नयाँ बसपार्कमा टिकट बुकिङ गर्नेको घुईंचो लागेको छ । अग्रिम टिकट लिनेहरुको लाइन व्यवस्थित गरिएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले बताउनुभयो ।

यसपालि ढिलो गरी अग्रिम टिकट बुकिङ खुला भएको हो । अघिल्ला वर्षमा दशैँ शुरु हुनुभन्दा झण्डै एक महिना अगाडि नै लामो तथा मध्यम दूरीमा जाने सार्वजनिक गाडीको अग्रिम टिकट बुकिङ खुलाउने गरिएपनि यस वर्ष घटस्थापना शुरु हुन सात दिन अघि मात्रै बाँकी हुँदा खुलेको हो ।

गएको शुक्रवार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभाग र यातायात व्यवसायीबीच भएको छलफल अनुसार आजदेखि अग्रिम टिकट बुकिङ खोलिएको हो । अहिलेकै भाडादर कायम रहेको र चाडपर्वको नाममा तोकिएको भन्दा बढी भाडा लिएको पाइए कारबाही गर्ने यातायात मन्त्रालयले जनाएको छ । हरेक वर्ष दशैँ, तिहार र छठ पर्वका बेला काठमाण्डौबाट हजारौँ यात्रु बाहिरिने गरेका छन् ।

प्रकाशित मिति : २०८०, २२ आश्विन सोमबार  ११ : ३८ बजे

वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने

काठमाडौं । नेपाली कांग्रेसको काठमाडौंमा जारी १५औँ महाधिवेशनअन्तर्गत आज बिहान

गगन थापाको बाटो खुल्यो, किशोर राठौरले छाडे सभापतिको दौड

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार किशोरसिंह

कांग्रेस महाधिवेशन : पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ पूरा सूची

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा कुन समूहमा को–को भिड्दै छन् ?

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्रीका विभिन्न समूहमा उम्मेदवारी

एमाले स्थायी कमिटी बैठकमा पहिलोपटक विद्या भण्डारी

काठमाडौं । नेकपा एमालेले बिहीबार स्थायी कमिटी बैठक बस्ने भएको