२०८३, २७ भाद्र आईतबार

गभर्नर अधिकारीको दस्तखतसहित २० रुपैयाँको नयाँ नोट आजदेखि चल्तीमा

गभर्नर अधिकारीको दस्तखतसहित २० रुपैयाँको नयाँ नोट आजदेखि चल्तीमा


काठमाडौं । नेपाल राष्ट्रबैंकका गभर्नर महाप्रसाद अधिकारीको दस्तखतसहितको नयाँ २० रुपैयाँको नोट असोज १९ गतेदेखि चल्तीमा आएको छ ।

राष्ट्र बैंकले साबिककै आकार तथा रङमा संकेत नम्बर ठ–८७ ०००००१ देखि त–१८ ९९९९९९ सम्म गरि २० करोड बराबरको २० रुपैयाँ दरका नयाँ नोट बजारमा ल्याएको हो । उक्त नोटको अग्रभागमा बाँयातर्फ सगरमाथाको चित्र छ भने दायाँतर्फ लालीगुराँसको पानी छाप रहेको छ । यसैगरी नोटको तल्लो भागको बोर्डरमा नोटको सिरिज नम्बर नेपालीमा “२०७९” लेखिएको छ ।

नोटको पृष्ठ भागको मध्यमा दुई बार्हसिङ्गेको चित्र रहेको छ भने मध्य भागको माथिल्लो खण्डमा अंग्रेजीमा नेपाल राष्ट्र बैंक लेखिएको छ । नोटको तल्लो भागमा अंग्रेजीमा “rupees twenty” लेखिएको छ भने तल्लो भागको बोर्डरमा नोटको सिरिज नम्बर अंग्रेजीमा “२०२३ “लेखिएको छ ।

प्रकाशित मिति : २०८०, १९ आश्विन शुक्रबार  २ : ५० बजे

सिन्धुलीको मासु प्रशोधन उद्योगमा छापामारी, गैरकानूनी रूपमा कामगर्दै चिनियाँहरू

सिन्धुली । निर्माणाधिन सिन्धुलीको मासु प्रशोधन उद्योगमा आज अध्यागमन विभाग

ग्यास अभाव विवाद चर्किएपछि उद्योगमन्त्री यादवको राजीनामा

काठमाडौं । ग्यास अभावको समस्या समाधान गर्न नसकेको भन्दै चौतर्फी आलोचना

बाढीपहिरो पीडितको उद्धार तथा राहतका लागि टेक्नो मोबाइलद्वारा १० लाख रुपैयाँ सहयोग

काठमाडौँ ।  अविरल वर्षाका कारण उत्पन्न बाढीपहिरो तथा प्राकृतिक विपद्बाट

केम्पो ओपन कपमा प्रतिस्पर्धा गर्न नेपाली टोली पोर्चुगल प्रस्थान

काठमाडौं । विश्वका करिब ३० देशका खेलाडी सहभागी हुने अन्तर्राष्ट्रिय

गगन थापा स्याङ्जा जाँदै, गोपालमान श्रेष्ठको ४५औँ पुण्यकार्यमा सहभागी हुने

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा स्याङ्जा जाने भएका छन्।