२०८३, २ भाद्र बुधबार

भूकम्पको क्षति व्यवस्थापनको लागि समन्वय गरेर काम गर्न प्रधानमन्त्री प्रचण्डको निर्देशन

भूकम्पको क्षति व्यवस्थापनको लागि समन्वय गरेर काम गर्न प्रधानमन्त्री प्रचण्डको निर्देशन


काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भूकम्पका कारण बझाङ र आसपासमा भएको मानवीय र भौतिक क्षतिको व्यवस्थापनको लागि सबै क्षेत्रलाई समन्वय गरेर काम गर्न निर्देशन दिनुभएको छ ।

बिहान सिंहदरबारमा बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकमा उहाँले थप राहत र पुनःस्थापनाका लागि समन्वयात्मक रुपले अझ जोड दिएर काम गर्न पनि निर्देशन दिनु भएको हो ।

उहाँले तत्काल पुग्नुपर्ने श्रोत र हुनुपर्ने व्यवस्थापनमा तीन तहकै सरकारले आवश्यक भूमिका निभाउन निर्देशन दिनुभयो । उहाँले सम्भावित विपद्जन्य घटनाको लागि पूर्व तयारी गर्नु र रहनुपर्ने आवश्यकता रहेको बताउनु भयो ।

प्रधानमन्त्री प्रचण्डले नेपाल उच्च भूकम्प जोखिम क्षेत्रमा पर्ने भन्दै कुनै पनि बेला कहीँ विपद्जन्य घटना हुनसक्ने भएकाले आवश्यक पूर्वतयारी गर्नुपर्ने बताउनु भयो । प्रधानमन्त्री प्रचण्डले भोलि भूकम्पको केन्द्रबिन्दु बझाङको अवलोकन गर्ने र त्यसपछि थप कार्यक्रम अघि बढाउने तयारी छ ।

प्रकाशित मिति : २०८०, १८ आश्विन बिहीबार  ११ : ५७ बजे

रास्वपाभित्र सांसदको भूमिकामाथि बहस, रविले बोलाए मन्त्री र सांसद

काठमाडौं । संसद्मा पार्टीका सांसदको प्रस्तुति र सरकारसँगको सम्बन्धलाई लिएर

नेपाल भित्रियो शक्तिशाली विद्युतीय एसयूभी एम हिरो, नाडा अटो शोमा सार्वजनिक हुँदै

काठमाडौं । चिनियाँ अटो निर्माता डोङफेङले उत्पादन गरेको शक्तिशाली विद्युतीय

जुकरबर्गले मुद्दा हारे फेसबुक र इन्स्टाग्राममा ठूलो परिवर्तन हुनसक्ने

काठमाडौँ । मेटाविरुद्ध अमेरिकाका ३० राज्यले दायर गरेको मुद्दाको सुनुवाइ

आज देशभर वर्षाको सम्भावना, पाँच प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको चेतावनी

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज अधिकांश

होर्मुजमा ट्रम्पको दाबी, इरानको कडा जवाफ

न्युयोर्क । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रणनीतिक रूपमा अत्यन्तै महत्वपूर्ण