२०८२, १० फाल्गुन आईतबार

बेलायतबाट रोजिना प्रधान राईद्वारा महिला उपाध्यक्षमा उम्मेदवारी घोषणा, रोजिता राई प्रधान नै किन ?

बेलायतबाट रोजिना प्रधान राईद्वारा महिला उपाध्यक्षमा उम्मेदवारी घोषणा, रोजिता राई प्रधान नै किन ?

एनआरएनए उपाध्यक्ष (महिला) मा रोजिता नै किन ?


काठमाडौँ । गैर आवासीय नेपाली संघ (एनआरएनए)को ११ औं महाधिवेशन नजिकिँदै गर्दा नयाँ नेतृत्वको लागि रस्साकस्सी चलिरहेको छ । यही अक्टोबर १७–२० सम्म काठमाडौंमा हुने महाधिवेशनमा नेतृत्वका लागि धमाधम उम्मेदवारी घोषणा भइरहेका छन् ।

यसै सिलसिलामा बेलायत बसेर लामो समयदेखि एनआरएनएमा सक्रिय रोजिता राई प्रधानले महिलातर्फको उपाध्याक्षमा उम्मेदवारी दिने घोषणा गरेकी छिन् । यसअघि सचिवमा उम्मेदवारी दिने घोषणा गरेकी राईले आफ्नो पूर्व घोषणा परिवर्तन गर्दै एनआरएनए उपाध्यक्ष (महिला) मा उम्मेदवारी दिने घोषणा गरेकी हु्न् ।

सामाजिक सञ्जाल फेसबुक मार्फत् उम्मेदवारी बारे विशेष जानकारी दिँदै रोजिताले अग्रजहरु र टिमको सुझाव सल्लाहलाई अनुशरण गर्दै उपाध्यक्षमा उम्मेदवारी दिने बताएकी छिन् । उनले भनेकी छिन्– “एनआरएनए संस्थामा आबद्ध हुनु भनेको समाज र देशको हितका लागि नै हो । विशुद्ध समाजसेवाका लागि समर्पित एक महिला भएका नाताले मैले पदका लागि मेरो गाुरुको बाह्रै टक्का भन्नु भन्दा पनि अग्रज अभियन्ताहरुको सुझाव, सल्लाह शिरोधार्य गरी लचकता अपनाउनु पर्छ भन्ने मान्यता अनुरुम म महिला उपाध्यक्ष भएर सेवा गर्ने निष्कर्षमा पुगेको हुँ ।”

संघमा लोकतात्रिक परिपाटीको अवलम्बन गर्दै महिलाहरुको सम्मानका साथ समान हक अधिकार र सम्मानित व्यवहार अपरिहार्य रहेको उल्लेख गर्दै रोजिताले रहेक क्षेत्रमा महिला उपस्थिति गराउने प्रण समेत गरेकी छिन् । उनले संसारभर रहेका महिलाहरुको समस्या सुल्झाउन एक लाख डलरको अक्षय कोष खडा गर्ने घोषणा पनि गरेकी छिन् ।
रोजिताले विदेशको व्यस्तताबीच आफ्नो दुःख बिर्सेर मातृभूमिमा दुःख पीडा खेप्न बाध्य महिला दिदीबहिनीहरुको घाउमा मलम लगाउनु आप्mनो दायित्व रहेको उल्लेख गर्दै त्यसका लागि आफू नेतृत्वमा आउन चाहेको स्पष्ट पारेकी छिन ।

व्यक्ति होइन विधि प्रधान भन्ने मान्यतालाई आत्मसात गर्दै उपाध्यक्षकी आकांक्षी रोजिताले महिलाहरुको हक अधिकारको रक्षा, सम्मानजक सहभागिता, पुरुषहरुसँग समन्वय, सहकार्य र समझदारी गरी एनआरएनएलाई गौरवान्वित संस्था बनाउने वाचा गरेकी छिन् । नेतृत्वमा पुगेर विश्वभर छरिएर रहेका नेपाली महिला दिदीबहिनीहरुको सेवा गर्ने अवसर दिन एनआरएनएका प्रतिनिधिहरुलाई अपिल गरेकी छिन् ।

प्रकाशित मिति : २०८०, १८ आश्विन बिहीबार  ११ : ३७ बजे

झण्डा जलाउने र निषेध गर्ने कार्यप्रति कांग्रेस उम्मेदवार तिमल्सिनाको आपत्ति

काठमाडौं । नेपाली कांग्रेसबाट काठमाडौं क्षेत्र नं. ४ का उम्मेदवार

कर्फ्युका कारण रौतहट जिल्ला अदालतका सबै सेवा स्थगित

काठमाडौँ । रौतहटमा जारी गरिएको अनिश्चितकालीन कर्फ्युका कारण रौतहट जिल्ला

मतदानअघि राष्ट्रको पक्ष रोजौँ : देश बनाउनेलाई साथ दिन आग्रह : सचिव महेश बस्नेत

भक्तपुर, १० फागुन । नेकपा एमालेका सचिव एवं भक्तपुर क्षेत्र

चियाबारी-खुर्कोट सुरूङ एमालेकै नेतृत्वमा बन्छ : मनोजजंग

सिन्धुली: चियाबारी–खुर्कोट सुरुङ मार्ग निर्माण नेकपा एमालेको नेतृत्वमै सम्पन्न हुने

एमालेको झण्डा जलाउनेलाई कारबाहीको चेतावनी : अञ्जना अधिकारी

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एमाले)की युवा नेतृ अञ्जना अधिकारीले पार्टीको