२०८३, ८ बैशाख बुधबार

विद्युतीय सिगरेट (भेप) मार्फत सुन तस्करी प्रकरणमा चिनियाँ नागरिकका ड्राइभर पक्राउ

विद्युतीय सिगरेट (भेप) मार्फत सुन तस्करी प्रकरणमा चिनियाँ नागरिकका ड्राइभर पक्राउ


काठमाडौं । विद्युतीय सिगरेट (भेप) मार्फत भएको ९ किलो सुन तस्करी प्रकरणमा प्रहरीले तस्कर समूहका चिनियाँ नागरिक दावोजिन वाङका गाडी चालक लोकेन्द्र पौडेललाई पक्राउ गरेको छ ।

यसअघि १३ भदौमा सीआईबीले कृष्णबहादुर महराका छोरा राहुल महरा पक्राउ गरेको थियो । राहुल अहिले थुनामा छन् । अहिले पक्राउ गरिएका पौडेले चिनियाँ तस्कर दाओजिन वाङका चालक हुन् । दाओजिन सहितका चिनियाँ नागरिकले २०७९ पुस १० मा दुबईबाट तस्करी गरेर सुन काठमाडौँमा ल्याएका थिए ।

सुन ल्याउने चिनियाँ नागरिक लुई र दाओजिन वाङसँग राहुलको ‘कनेक्सन’ देखिएको छ । रातोपाटीलाई प्राप्त कल डिटेल्स रेकर्ड अनुसार वाङ र राहुल बिच सुन तस्करी भएर आएको मितिदेखि विमानस्थल भन्सार कार्यालयले छानबिन गर्दासम्म १९५ पटक कुराकानी भएको भेटिएको छ ।

त्रिभुवन विमानस्थल भन्सार कार्यालयले भेप जफत गरेपछि ‘लिलामी’ गराउन राहुल निकै लागिपरेको विमानस्थल भन्सार कार्यालयका अधिकारीहरू बताउँछन् । विमानस्थल भन्सार कार्यालयका एकजना अधिकृत भन्छन्–‘भेप लिलाम गराउन त्यसबेला उनले अस्वाभाविक चासो राखेका थिए ।’

प्रकाशित मिति : २०८०, १७ आश्विन बुधबार  २ : ०२ बजे

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले

ओलीले आज नेकपा स्थापना दिवसमा सम्बोधन गर्ने

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली ले