२०८३, ९ बैशाख बिहीबार

बुद्धचित्तका माला व्यापारीको अपहरण आरोपमा काभ्रेका दुई पुरुष पक्राउ

बुद्धचित्तका माला व्यापारीको अपहरण आरोपमा काभ्रेका दुई पुरुष पक्राउ


काठमाडों । अपहरणको आरोपमा सोमबार दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काभ्रेका भोजबहादुर लामा र आशलाल लामा छन् । उनीहरूलाई महानगरीय प्रहरी वृत्त महाराजगन्जको टोलीले पक्राउ गरेको हो ।

सोमबारै उनीहरूले काभ्रेका एक बुद्धचित्त मालाका व्यापारीलाई अपहरण गरेको खुलेको प्रहरीले जनाएको छ ।

व्यापारीलाई बन्धक बनाएको आरोपमा लामाद्वयलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एवं एसएसपी भूपेन्द्र खत्रीले बताए ।

“सोमबार उनीहरूले व्यापारीलाई बन्धक बनाएको सूचना आएपछि पक्राउ गरिएको हो । घटनाको बारे अनुसन्धान भइरहेको छ,” एसएसपी खत्रीले बाह्रखरीसित भने ।

प्रहरीका अनुसार, पक्राउ परेका भोजबहादुर वाग्मती प्रदेशका खानेपानीमन्त्री तीर्थ लामाका भाइ हुन् । उनी आपराधिक पृष्ठभूमिका हुन् ।

प्रकाशित मिति : २०८०, १६ आश्विन मंगलबार  १२ : ४६ बजे

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले

ओलीले आज नेकपा स्थापना दिवसमा सम्बोधन गर्ने

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली ले