२०८३, २० आश्विन बुधबार

गान्धीको राष्ट्रिय मुक्त आन्दोलन र स्वाधीनता आन्दोलन अझै सान्दर्भिकः ज्ञवाली

गान्धीको राष्ट्रिय मुक्त आन्दोलन र स्वाधीनता आन्दोलन अझै सान्दर्भिकः ज्ञवाली


काठमाडौं । नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले महात्मा गान्धीलाई मानवताको उच्च धरोहरका रुपमा चित्रित गर्दै साना राष्ट्रले आफ्नो अस्तित्व र राजनीतिक स्वायत्तता जोगाउन कठिन परेको परिवेशमा गान्धीको राष्ट्रिय मुक्ति आन्दोलन र स्वाधीनता आन्दोलनको सान्दर्भिकता अझै रहेको बताएका छन् ।

महेन्द्र निधि स्मृति प्रतिष्ठानले १५४औँ गान्धी जयन्ती तथा अन्तर्राष्ट्रिय अहिंसा दिवस पारेर आयोजना गरेको कार्यक्रमा ज्ञवालीले गान्धीको राष्ट्रिय मुक्ति आन्दोलन र स्वाधीनता आन्दोलनको सान्दर्भिकता साना राष्ट्रहरुमा अझै उत्तिकै रहेको बताएका हुन् ।

उनले भने, ‘अहिले संसारमा उपनिवेश छैन तर पनि साना देशहरुमाथि अहिले पनि आत्मनिर्णयको अधिकार प्रयोग गर्न खोज्दा, विकासको आफ्नै मोडेल लिन खोज्दा अवस्था सहज छैन । शक्ति राष्ट्रका स्वार्थका अगाडि साना राष्ट्रहरुले आफ्नो अस्तित्व र खासगरी राजनीतिक स्वायत्तता जोगाउन निकै कठिन परिरहेको परिवेशमा गान्धीको त्यो राष्ट्र मुक्ति आन्दोलन, स्वाधीनता आन्दोलनको सान्दर्भिकता आज त्यस रुपमा पनि छ भन्ने म ठान्दछु ।’

उनले धर्म, जाति, भूगोल लगायतका आधारमा गरिने विभेदले विनास निम्त्याउने भन्दै नेपाली समाजमा कुनै पनि खालको अतिवादलाई टाउको उठाउन दिन नहुने धारणा राखे ।

प्रकाशित मिति : २०८०, १५ आश्विन सोमबार  ७ : २३ बजे

वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने

काठमाडौं । नेपाली कांग्रेसको काठमाडौंमा जारी १५औँ महाधिवेशनअन्तर्गत आज बिहान

गगन थापाको बाटो खुल्यो, किशोर राठौरले छाडे सभापतिको दौड

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार किशोरसिंह

कांग्रेस महाधिवेशन : पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ पूरा सूची

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा कुन समूहमा को–को भिड्दै छन् ?

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्रीका विभिन्न समूहमा उम्मेदवारी

एमाले स्थायी कमिटी बैठकमा पहिलोपटक विद्या भण्डारी

काठमाडौं । नेकपा एमालेले बिहीबार स्थायी कमिटी बैठक बस्ने भएको