२०८३, २ भाद्र बुधबार

नेवा र रोशी गाउपालिकाबीच खानेपानी आयोजना सम्झौता

नेवा र रोशी गाउपालिकाबीच खानेपानी आयोजना सम्झौता

३ करोड १० लाख २९ हजार ८ सय ६१ बजेट


रोशी । रोशी गाउपालिकाले सञ्चालन गरेको एक घर एक धारा अन्तर्गत ६ वटा खानेपानी आयोजना सम्झौता भएको छ । सोमबार रोशी गाउँपालिका र नेपाल स्वास्थ्यको लागि पानी नेवाबीच खानेपानी तथा सरसफाइ आयोजना सम्बन्धि द्विपक्षीय सम्झौता भएको हो ।

गाउँपालिकाको तर्फबाट गाउपालिका अध्यक्ष दिनेश लामा र नेवाको तर्फबाट बागमती प्रदेश प्रमुख मैत्रेयी शर्माले सम्झौता पत्रमा हस्ताक्षर गरि द्विपक्षीय सम्झौता भएको छ । वडा न १२ मा दुइवटा, वडा न १० मा २ वटा र वडा न १ मा २ वटा गरि छ वटा खानेपानी आयोजना सम्झौता भएको छ ।

आयोजनाबाट ३ सय ९८ घरधुरी, ३ बिद्यालय र १ स्वास्थ्य संस्थाका २ हजार ९ सय ६२ जना लाभान्वित हुनेछ । तीनवटा वडामा २ हजार ४ सय ५३ धारा निर्माण हुनेछ । सो ६ वटा आयोजनाका सम्पना गर्नका लागि ३ करोड १० लाख २९ हजार ८ सय ६१ बजेट अनुमान गरेको छ । सम्झौता कार्यक्रममा गाउपालिका उपाध्यक्ष मिमबहादुर वाइबा, प्रमुख प्रशासकीय अधिकृत राम बहादुर तामाङ, गाउपालिका प्रबक्ता वसन्तकुमार लामा लगायत नेवाका प्रतिनिधिहरू रहेका थिए ।

प्रकाशित मिति : २०८०, १५ आश्विन सोमबार  ४ : ५९ बजे

रास्वपाभित्र सांसदको भूमिकामाथि बहस, रविले बोलाए मन्त्री र सांसद

काठमाडौं । संसद्मा पार्टीका सांसदको प्रस्तुति र सरकारसँगको सम्बन्धलाई लिएर

नेपाल भित्रियो शक्तिशाली विद्युतीय एसयूभी एम हिरो, नाडा अटो शोमा सार्वजनिक हुँदै

काठमाडौं । चिनियाँ अटो निर्माता डोङफेङले उत्पादन गरेको शक्तिशाली विद्युतीय

जुकरबर्गले मुद्दा हारे फेसबुक र इन्स्टाग्राममा ठूलो परिवर्तन हुनसक्ने

काठमाडौँ । मेटाविरुद्ध अमेरिकाका ३० राज्यले दायर गरेको मुद्दाको सुनुवाइ

आज देशभर वर्षाको सम्भावना, पाँच प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको चेतावनी

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज अधिकांश

होर्मुजमा ट्रम्पको दाबी, इरानको कडा जवाफ

न्युयोर्क । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रणनीतिक रूपमा अत्यन्तै महत्वपूर्ण