२०८३, २० आश्विन बुधबार

सिरहाको मिर्चैयामा बस दुर्घटना, दुईको मृत्यु, २३ जना घाइते

सिरहाको मिर्चैयामा बस दुर्घटना, दुईको मृत्यु, २३ जना घाइते


सिरहा । सिरहाको मिर्चैयामा बस दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । दुर्घटनामा अरु २३ जना घाइते भएका छन् ।
आइतबार साँझ सप्तरीको राजविराजबाट जनकपुरतर्फ आउँदै गरेको ना ४ ख ७१८७ नम्बरको बस मिर्चैयामा दुर्घटनामा परेको हो ।

दुर्घटनामा धनुषाको जनकपुर उपमहानगरपालिका– २० का ५३ वर्षीय अनिलकुमार झा र मिर्चैया–२ का ४३ वर्षीय राजकुमार सदाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । बसको स्प्रिङ पट्टा भाँचिएर बस दुर्घटनामा परेको चालकले बताएका छन् । दुई जनाको घटनास्थलमै मृत्यु भएको हो । घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनापछि बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : २०८०, १५ आश्विन सोमबार  ७ : ३८ बजे

वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने

काठमाडौं । नेपाली कांग्रेसको काठमाडौंमा जारी १५औँ महाधिवेशनअन्तर्गत आज बिहान

गगन थापाको बाटो खुल्यो, किशोर राठौरले छाडे सभापतिको दौड

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार किशोरसिंह

कांग्रेस महाधिवेशन : पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ पूरा सूची

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा कुन समूहमा को–को भिड्दै छन् ?

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्रीका विभिन्न समूहमा उम्मेदवारी

एमाले स्थायी कमिटी बैठकमा पहिलोपटक विद्या भण्डारी

काठमाडौं । नेकपा एमालेले बिहीबार स्थायी कमिटी बैठक बस्ने भएको