२०८३, १ बैशाख बुधबार

राष्ट्र संघ र चीन भ्रमण फलदायी र सफल भयो : प्रधानमन्त्री

राष्ट्र संघ र चीन भ्रमण फलदायी र सफल भयो : प्रधानमन्त्री


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संयुक्त राष्ट्रसंघको महासभामा यो पटक नेपाल देखिने र चिनिने गरी प्रस्तुत भएको बताएका छन् । राष्ट्रसंघको महासभामा भाग लिएर चीनको भ्रमण समेत गरी फर्किएपछि त्यसबारे सदनलाई जानकारी गराउने क्रममा प्रधानमन्त्रीले यस्तो दावी गरेका हुन् ।

‘नेपालको तर्फबाट संशोधन गरेको थिएँ । त्यहाँ नेपालको शान्ति प्रक्रिया र यसलाई ठोस निष्कर्षमा पु¥याउन अन्तर्राष्ट्रिय समुदायको सहयोग, जलवायु परिवर्तनबाट सिर्जित समस्या र त्यसको समाधानका लागि स्रोत विभाजनका विषयमा विश्व समुदायको गम्भीर ध्यानाकर्षण गराएको छु’, प्रधानमन्त्रीले भने, ‘महासभाको मूल समारोहका अलवा दिगो विकास समिट, जलवायु परिवर्तनसम्बन्धी क्लाइमेट समिटसहितलाई सम्बोधन गरेको थिएँ । यी सम्बोधनहरुमा नेपालसहित अतिकम विकसित राष्ट्रहरुका तर्फबाट पनि कुरा राखेका थिएँ । त्यसमा गरिब मुलुकहरुको अर्थतन्त्रमा कोभिडसहितले अर्थतन्त्रमा पारेको प्रभाव र समाधानका विषयमा विश्व समुदायले गर्नुपर्ने कामका विषयमा राखेको छु ।’

उनले महासभाकै दौरान राष्ट्रसंघका महासचिव, अमेरिकी राजदूतसहितसँग भएको भेटवार्तामा गम्भीर छलफल गरेको पनि जानकारी गराए । उनले महत्वपूर्ण विषयमा विश्व समुदायको ध्यानाकर्षण गराउन सफल भएको भन्दै नेपाल यस पटक राष्ट्रसंघमा देखिने र चिनिने गरी प्रस्तुत भएको बताए ।

‘हामीले शान्ति प्रक्रियामा पुर्‍याएको सहयोगका लागि विश्व समुदायलाई धन्यवाद दिएका छौँ’, प्रधानमन्त्री दाहालले भने, ‘यस पटक हामीले जलवायु परिवर्तनसहितका अन्तर्राष्ट्रिय मुद्दामा अतिकम विकसित राष्ट्रहरुको तर्फबाट र नेपालका तर्फबाट पनि स्पष्ट कुरा राखेका छौँ । समग्रमा यसपटक नेपाल राष्ट्रसंघमा देखिने र चिनिने गरी प्रस्तुत भएको छ ।’

प्रकाशित मिति : २०८०, १४ आश्विन आईतबार  ४ : १५ बजे

समानान्तर गतिविधिमा खड्का विवादमा, कांग्रेसद्वारा स्पष्टीकरण सोध्ने तयारी

काठमाडौं । नेपाली कांग्रेसले पार्टीभित्र समानान्तर गतिविधि गरेको आरोपमा निवर्तमान

असफल वार्तापछि अबको बाटो: द्वन्द कि संवाद ?

संयुक्त राज्य अमेरिका र इरान बीच इस्लामावाद मा भएको वार्ता

वार्ता असफलपछि ट्रम्पको प्रतिक्रिया: ‘चिन्तित छैनौँ’

काठमाडौं । डोनाल्ड ट्रम्पले इरानसँगको वार्ता निष्कर्षविहीन भएपछि पनि आफू

अमेरिका-इरान वार्ता निष्कर्षविहीन :अन्तिम प्रस्ताव पनि अस्वीकृत

काठमाडौं । संयुक्त राज्य अमेरिका र इरान बीच इस्लामावाद मा

परराष्ट्रमन्त्री शिशिर खनालले भारत, भूटान र बङ्गलादेशका विदेशमन्त्रीहरूसँग भेटवार्ता

काठमाडौँ । नवौँ हिन्द महासागर सम्मेलनमा सहभागी हुने सिलसिलामा मोरिससको