२०८३, २ भाद्र बुधबार

गृहमन्त्री श्रेष्ठको दावी : सकारात्मक काम माओवादीको अग्रसरतामा भएको हो

गृहमन्त्री श्रेष्ठको दावी : सकारात्मक काम माओवादीको अग्रसरतामा भएको हो


काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले जनआन्दोलन सञ्चालन गर्नेदेखि संविधान जारी गर्नेसम्म मुख्य भूमिका खेल्ने पार्टी माओवादी भएको दाबी गरेका छन् ।

जनतासँग माओेवादी विशेष रुपान्तरण अभियानअन्तरगत आयोजित कार्यक्रममा उनले देशमा भएका सबै सकारात्मक काम माओवादीको सरकार हुँदा भएको भन्दै यो सत्य होइन भन्न कसैले नसक्ने बताए ।

उनले भने, ‘समाजवादी नेपाल निर्माण गर्ने हाम्रो लक्ष्य हो, हामी त्यसमा पुग्न चाहन्छौ । यो कामको नेतृत्व हाम्रो पार्टीबाट मात्रै सम्भव छ, देशको आजको मुख्य कामहरु पूरा गर्ने कार्यभारको नेतृत्व हाम्रो पार्टीले गर्यो भने मात्रै नेपालमा यो काम पूरा हुन्छ नत्र सम्भव छैन । यो हामी दाबीका साथ भन्छौ । परिवर्तन र संविधान ल्याउन एजेण्डा प्रस्तुत गर्नेेदेखि लिएर, स्थापित गर्ने जनआन्दोलन सञ्चालन गर्नेदेखि संविधान जारी गर्नेसम्म मुख्यभूमिका खेल्ने पार्टी माओवादी नै हो । कसैले पनि यो सत्य होइन भन्न सक्दैन । म चुनौती दिन चाहन्छु नेपालमा मात्रै होइन, संसारमै कसैले सक्दैन । देशमा जे जे सकारात्मक काम भएको छ, हाम्रो पार्टीको सरकार हुँदा भएको छ ।’

उनले अहिलेको केन्द्रीय कार्यभार भनेको आर्थिक समृद्धिको कार्यभार भएको भन्दै राजनीतिक परिवर्तनपछि विकासको काम भएको छ तर जनताको आवश्यकताअनुसार हुन नसकेको बताए ।

उनले नेपालमा सामाजिक, आर्थिक रुपान्तरण, विकास र समृद्धि स्थापना गर्न आवश्यक भएको भन्दै आमजनताले लाभ पाउन सक्ने गरि नयाँ प्रकारको विकास नेपालमा स्थापित गर्नुपर्ने बताए ।

उनले भने, ‘जुन संक्रमणकालीन न्याय सम्बन्धी काम हो, सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानविन आयोगको काम पूरा गरेर हामीले द्वन्द्व पीडितलाई न्याय दिने र समग्रमा यो देशमा स्थायी शान्ति स्थापित गर्नु आवश्यकता छ । अहिलेसम्म पनि यो काम पूरा नभएको कारणले गर्दा, शान्ति प्रक्रियामाथि बेला बेला प्रश्न उठ्ने गर्छ । यसमाथिको प्रश्न भनेको हामीले प्राप्त गरेको परिवर्तनमाथि पनि प्रश्न उठ्ने हो । त्यसकारण हामीले हरहालतमा यस पटक यो प्रक्रियालाई पूरा गर्न पर्छ । संक्रमणकालीन न्यायको काम पूरा गर्दै देशमा दिगो शान्ति स्थापना गर्नुपर्छ ।’

यस्तै, उनले राजनीतिक परिवर्तनले राजनीतिक अधिकार मात्रै दिएको होइन जीवन नै परिवर्तन गरेको छ भन्ने अनुभूति जनतालाई गराउनु पर्ने पनि बताए । राजनीतिक परिवर्तन र राजनीतिक अधिकारलाई माध्यम बनाएर सामाजिक–आर्थिक रुपान्तरण गर्नु पर्ने उनको भनाई छ ।

उनले भने, ‘राजनीतिक परिवर्तन र राजनीतिक अधिकारलाई माध्यम बनाएर, यसलाई साधन बनाएर हामीले सामाजिक–आर्थिक रुपान्तरण गर्नु छ । विकास र समृद्धिको यात्रालाई तीव्र बनाउनु छ ताकि जनताले शिक्षा, स्वास्थ्य, रोजगारी, खाद्यान्न, आवास, बाटा, बिजुली, खानेपानीलगायत जीवनका आवश्यकताहरु पूरा गर्नका लागि पनि राजनीतिक परिवर्तनले राजनीतिक अधिकार मात्रै दिएको होइन यसले जीवन नै परिवर्तन गरेको छ भनेर जनताले अनुभूति गर्न सक्नु पर्छ ।’

प्रकाशित मिति : २०८०, १३ आश्विन शनिबार  ४ : ४६ बजे

रास्वपाभित्र सांसदको भूमिकामाथि बहस, रविले बोलाए मन्त्री र सांसद

काठमाडौं । संसद्मा पार्टीका सांसदको प्रस्तुति र सरकारसँगको सम्बन्धलाई लिएर

नेपाल भित्रियो शक्तिशाली विद्युतीय एसयूभी एम हिरो, नाडा अटो शोमा सार्वजनिक हुँदै

काठमाडौं । चिनियाँ अटो निर्माता डोङफेङले उत्पादन गरेको शक्तिशाली विद्युतीय

जुकरबर्गले मुद्दा हारे फेसबुक र इन्स्टाग्राममा ठूलो परिवर्तन हुनसक्ने

काठमाडौँ । मेटाविरुद्ध अमेरिकाका ३० राज्यले दायर गरेको मुद्दाको सुनुवाइ

आज देशभर वर्षाको सम्भावना, पाँच प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको चेतावनी

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज अधिकांश

होर्मुजमा ट्रम्पको दाबी, इरानको कडा जवाफ

न्युयोर्क । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रणनीतिक रूपमा अत्यन्तै महत्वपूर्ण