२०८३, २ भाद्र बुधबार

दिपेन्द्र घिसिङले सरकारबाट सहयोग नपाएपछि पाइलट पढ्न ‘एक रुपैयाँ संकलन अभियान’

दिपेन्द्र घिसिङले सरकारबाट सहयोग नपाएपछि पाइलट पढ्न ‘एक रुपैयाँ संकलन अभियान’


काठमाडौं । शनिबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले अभियान सुरु भएको जानकारी गराएका हुन् ।

दोलखाको बैतेश्वर गाउँपालिका स्थायी ठेगाना भएका दिपेन्द्र अभिाभावकविहीन छन् । सानै उमेरदेखि पाइलट बन्ने सपनाले मेहनतका साथ पढेपनि प्लस टू पछिको अध्ययन पैसा अभावले रोकिने अवस्था आएको उनले बताए ।

आफ्नो समस्या लिएर स्थानीय सरकार, प्रदेश सरकार र केन्द्रमा पहल गरेपनि कतैबाट सुनुवाइ नभएको उनको गुनासो छ ।

एमबीबीएस पढ्ने विद्यार्थीले स्थानीयदेखि संघीय सरकारसम्मको सहयोग पाउने व्यवस्था भएपनि पाइलट पढ्न चाहने विद्यार्थीलाई कसैले सहयोग गर्न नचाहेको दिपेन्द्रले बताए । त्यही कारण एक रुपैयाँ अभियान सञ्चालन गरेर भएपनि पाइलट पढिछाड्ने अठोट उनको छ ।

‘मेरो बाल्यकालदेखिको सपना भनेको पाइलट बन्ने थियो । मैले एमाले, कांग्रेस र नयाँ दल भनिने राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरुसँग पनि भेटे । नेताहरुले आश्वासनमात्रै दिए’ उनले भने ।

गुनासो लिएर अर्थमन्त्रालय, शिक्षा मन्त्रालय, पर्यटन मन्त्रालयसम्म धाउँदा पनि सहयोग नपाएपछि एक रुपैयाँ संकलन अभियान सुरु गर्न परेको बताए । उनले प्रदेश सरकारमा गुनासो सुनाउँदा विदेश जाने सल्लाह दिएको समेत बताए ।

‘एक रुपैयाँ अभियान चलाउनु मेरो रहर होइन । मेरो रहर भनेको पाइलट बन्नु हो । पाइलट किन भन्दाखेरी मलाई धेरैले तिमीजस्तो गरिब मान्छेले यस्तो सपना बोक्नु गलत हो भनेर भने तर मेरो मनमा गरिब विद्यार्थीले पाइलट बन्न नसक्ने हो ? भन्ने लाग्यो’ उनले भने, ‘यो अभियानबाट पनि पाइलट बन्छु भन्ने लागेको छ । यो अभियानबाट भोलिका दिनमा पढ्न चाहेर पनि पैसा नभएकालाई सहयोग हुनेछ ।’

एक रुपैयाँ अभियानमा सहभागी हुन चाहनेहरुका लागि चाँडै सहयोगको माध्यम सार्वजनिक गर्ने उनले बताए । पाइलट पढ्नका लागि करिब ८० लाख रुपैयाँ लाग्ने उनको भनाई छ । पाइलट पढिसकेर सेवामा आएपछि आफूले सहयोग पाए बराबरको रकम सामाजिक सेवामा खर्चने उनले प्रतिवद्धता जनाए ।

प्रकाशित मिति : २०८०, १३ आश्विन शनिबार  २ : ३९ बजे

रास्वपाभित्र सांसदको भूमिकामाथि बहस, रविले बोलाए मन्त्री र सांसद

काठमाडौं । संसद्मा पार्टीका सांसदको प्रस्तुति र सरकारसँगको सम्बन्धलाई लिएर

नेपाल भित्रियो शक्तिशाली विद्युतीय एसयूभी एम हिरो, नाडा अटो शोमा सार्वजनिक हुँदै

काठमाडौं । चिनियाँ अटो निर्माता डोङफेङले उत्पादन गरेको शक्तिशाली विद्युतीय

जुकरबर्गले मुद्दा हारे फेसबुक र इन्स्टाग्राममा ठूलो परिवर्तन हुनसक्ने

काठमाडौँ । मेटाविरुद्ध अमेरिकाका ३० राज्यले दायर गरेको मुद्दाको सुनुवाइ

आज देशभर वर्षाको सम्भावना, पाँच प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको चेतावनी

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज अधिकांश

होर्मुजमा ट्रम्पको दाबी, इरानको कडा जवाफ

न्युयोर्क । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रणनीतिक रूपमा अत्यन्तै महत्वपूर्ण