२०८३, २ भाद्र बुधबार

नेपाल र चीनबीच १३ बुँदे समझदारी

नेपाल र चीनबीच १३ बुँदे समझदारी


काठमाडौं । नेपाल र चीनबीच १३ बुँदे समझदारी पत्रमा हस्ताक्षर भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ समकक्षी ली छ्याङबीचको उपस्थितिमा नेपाल र चीनका अधिकारीहरुले १२ वटा सम्झौता र एउटा समझदारी पत्र आदान प्रदान गरेका छन् ।

यी सम्झौता र समझदारी पत्र कृषि, सञ्चार, विज्ञान तथा प्रविधि, व्यापारसँग सम्बन्धित छन् ।

चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठ र चिनियाँ अधिकारीले नेपालको उत्तरी क्षेत्रमा उत्पादकत्व वृद्धि, डिजिटल अर्थतन्त्र सहकार्य, हरित तथा न्यून कार्बन सहयोग तथा प्राचीन ग्रन्थहरुको अनुवाद तथा प्रकाशन सम्बन्धी सम्झौता आदानप्रदान गरेका छन् ।

यसैगरी वाणिज्य तथा आपूर्ति सचिव मधुकुमार मरासिनी र चिनियाँ अधिकारीबीच संयुक्त प्राविधिक कार्यसमूह निर्माणसम्बन्धी सम्झौता आदानप्रदान गरेका छन् ।

शिक्षा सचिव सुरेश अधिकारी र चिनियाँ अधिकारीले विज्ञान तथा प्रविधि र नवप्रवर्तनको क्षेत्रमा सहकार्य गर्ने सम्बन्धी सम्झौता आदानप्रदान गरेका छन् ।

चीनको राष्ट्रिय विकास तथा अनुसन्धान परिषद र नेपालको राष्ट्रिय योजना आयोगबीच पनि सम्झौता पत्र आदान प्रदान भएको छ ।

प्रकाशित मिति : २०८०, ८ आश्विन सोमबार  १२ : ०५ बजे

रास्वपाभित्र सांसदको भूमिकामाथि बहस, रविले बोलाए मन्त्री र सांसद

काठमाडौं । संसद्मा पार्टीका सांसदको प्रस्तुति र सरकारसँगको सम्बन्धलाई लिएर

नेपाल भित्रियो शक्तिशाली विद्युतीय एसयूभी एम हिरो, नाडा अटो शोमा सार्वजनिक हुँदै

काठमाडौं । चिनियाँ अटो निर्माता डोङफेङले उत्पादन गरेको शक्तिशाली विद्युतीय

जुकरबर्गले मुद्दा हारे फेसबुक र इन्स्टाग्राममा ठूलो परिवर्तन हुनसक्ने

काठमाडौँ । मेटाविरुद्ध अमेरिकाका ३० राज्यले दायर गरेको मुद्दाको सुनुवाइ

आज देशभर वर्षाको सम्भावना, पाँच प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको चेतावनी

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज अधिकांश

होर्मुजमा ट्रम्पको दाबी, इरानको कडा जवाफ

न्युयोर्क । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रणनीतिक रूपमा अत्यन्तै महत्वपूर्ण