२०८३, २० आश्विन बुधबार

अन्तर्राष्ट्रिय शान्ति दिवसमा रोटरी पनौतीको दीप प्रज्वलन

अन्तर्राष्ट्रिय शान्ति दिवसमा रोटरी पनौतीको दीप प्रज्वलन


पनौती । अन्तर्राष्ट्रिय शान्ति दिवसको अवसरमा रोटरी क्लब अफ पनौतीले विश्व शान्तिको कामनासहित पनौतीमा दीप प्रज्वलन कार्यक्रमको आयोजना गरेको छ ।
पनौती–७ स्थित राजकुमार महासत्त्व (नमःबुद्ध)को जन्म भएको न्हु बहाल परिसरमा रहेको नमोबुद्ध द्यो छें र चैत्यमा दीप प्रज्वलन गर्दै दिवस मनाइएको थियो । रोटरी क्लब अफ पनौतीको आयोजना तथा रोट¥याक्ट क्लब अफ पनौती र इन्ट¥याक्ट क्लब अफ सिद्धार्थ वनस्थली इन्स्टिच्यूटको सहआयोजनामा सो कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा पनौती नगरपालिका वडा नं ७ का वडा सदस्य श्याम बस्नेत, पनौती उद्योग वाणिज्य संघका अध्यक्ष भोला थापा, अग्रज लायन एवं शिक्षाप्रेमी सामाजिक व्यक्तित्व राजेशकुमार श्रेष्ठ, समाजसेवी उत्तम फाँछी, पनौती कम्युनिटी होमस्टेका अध्यक्ष शीला अमात्यलगायत होमस्टे समूहका सञ्चालकहरु, व्यवसायी मच्छेनारायण सुधाकार तथा शंकर थापाज्यू र फ्रान्सेली पाहुनाहरुको सहभागिता रहेको थियो । क्लबका अध्यक्ष रोटरियन मधुसुधन गुरागाईंले रोटरी डिष्ट्रिक्ट ३२९२ का गभर्नर राजेन्द्र ध्वजुको निर्देशनमा क्लब, रोट¥याक्ट क्लब अफ पनौती र इन्ट¥याक्ट क्लब अफ सिद्धार्थ वनस्थली इन्स्टिच्यूटको सहआयोजनामा सो कार्यक्रम आयोजना गरिएको जानकारी दिनु भयो ।

कार्यक्रमका लागि पनौती पर्यटन विकास केन्द्र, काभ्रे पुण्यवती यातायात सेवा प्रालि, लायन्स क्लब अफ पनौती र काभ्रे सेवा समाजको विशेष सहयोग रहेको थियो । कार्यक्रमको संयोजन रोटरी क्लब अफ पनौतीका निवर्तमान अध्यक्ष रोटिरयन ई. सितु सैजुले गरेका थिए ।

प्रकाशित मिति : २०८०, ७ आश्विन आईतबार  ८ : ०३ बजे

वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने

काठमाडौं । नेपाली कांग्रेसको काठमाडौंमा जारी १५औँ महाधिवेशनअन्तर्गत आज बिहान

गगन थापाको बाटो खुल्यो, किशोर राठौरले छाडे सभापतिको दौड

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार किशोरसिंह

कांग्रेस महाधिवेशन : पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ पूरा सूची

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा कुन समूहमा को–को भिड्दै छन् ?

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्रीका विभिन्न समूहमा उम्मेदवारी

एमाले स्थायी कमिटी बैठकमा पहिलोपटक विद्या भण्डारी

काठमाडौं । नेकपा एमालेले बिहीबार स्थायी कमिटी बैठक बस्ने भएको