२०८३, १० बैशाख शुक्रबार

खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा पक्राउ

खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा पक्राउ


काठमाडौं । खुकुरी प्रहार गरी तुलसीपुर उपमहानगरपालिका –११ बेलटाकुरा स्थित भगवती टोल बस्ने ४३ वर्षीया रिता लामिछानेको हत्या गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका –११ बेलटाकुरा स्थित भगवती टोल बस्ने ३९ वर्षीय टेक बहादुर हमाल रहेका छन् । आफ्नै घर अगाडि उभिरहेको अवस्थामा टेक बहादुरले एक्कासि खुकुरी प्रहार गर्दा लामिछानेको घटनास्थलमै मृत्यु भएको र सोही ठाउँ बस्ने ४५ वर्षीय वीर बहादुर हमाल तथा उनकै आमा ६५ वर्षीया कमला कुमारी हमालसमेत घाइते भएका हुन् । खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय तुलसीपुर र प्रहरी चौकी जसपुरबाट खटिएको प्रहरीले टेक बहादुर हमाललाई उनकै घरबाट खुकुरीसहित पक्राउ गरेको हो ।

साथै खुकुरी प्रहारबाट घाइते भएका दुवै जनालाई उपचारको लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर पठाइएकोमा वीर बहादुर उपचार पश्चात डिश्चार्ज भएका छन् भने कमला कुमारीको नर्सिङहोम नेपालगंजमा उपचार भइरहेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २०८०, ७ आश्विन आईतबार  ६ : २४ बजे

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले

ओलीले आज नेकपा स्थापना दिवसमा सम्बोधन गर्ने

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली ले