२०८३, ३ आश्विन आईतबार

सरकार र शिक्षकहरूबीचको वार्ता शुरु

सरकार र शिक्षकहरूबीचको वार्ता शुरु


काठमाण्डौ । सरकार र आन्दोलनरत शिक्षकहरूबीच वार्ता शुरु भएको छ । गृह मन्त्रालयमा भइरहेको वार्तामा आन्दोलनरत शिक्षकहरूले राखेका मागका विषयमा छलफल थालिएको छ ।

अहिले शिक्षक–कर्मचारीले आफ्ना मागका विषयमा धारणा राखिरहेका र त्यसपछि सरकारको तर्फबाट सरकारी वार्ता टोलीले आफ्नो धारणा राख्नेछ ।

विद्यालय शिक्षा विधेयकमा असहमति जनाउँदै शिक्षकहरू गएको बुधवारदेखि आन्दोलनमा छन् । उनीहरूले विधेयकमा विभिन्न १८ बुँदे माग राखेका छन् । आन्दोलनरत शिक्षकहरूले आन्दोलन र वार्तालाई सँगसँगै अघि बढाएका छन् ।

आज पनि देशका धेरैजसो सामुदायिक विद्यालय बन्द भएका छन् । नेपाल शिक्षक महासङ्घको नेतृत्वमा देशभरका शिक्षकहरू आन्दोलनका लागि काठमाण्डौ आएका छन् ।

उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको संयोजकत्वमा रहेको सरकारी टोलीले छलफल सकारात्मक भइरहेकाले आज सहमति हुन सक्ने जनाएको छ । यस्तै महासङ्घकी अध्यक्ष कमला तुलाधरले पनि आज सहमतिमा पुग्ने गरी वार्ता गर्ने बताउनुभयो । यसअघि हिजो बिहीवार पनि आन्दोनरत शिक्षकहरूसँग छलफल भएको थियो ।

प्रकाशित मिति : २०८०, ५ आश्विन शुक्रबार  ५ : ३६ बजे

सलमान खानले बिग बोसको स्टेजमै किन टोपी र ज्याकेट खोले ? 

काठमाडौं । बलिउड अभिनेता सलमान खानले आफ्नो तौल र रूपरङलाई

एमाले कार्यदल बैठक लम्बियो, सचिवालय बैठक ३ बजे सर्‍यो

काठमाडौं । नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको

संविधान दिवसमा २०० विद्यार्थीलाई कपडा वितरण

काठमाडौं । १२औँ संविधान दिवस तथा राष्ट्रिय दिवस–२०८३ को अवसरमा

भारतको सहयोगमा ‘ब्रेक’ : नेपालले विस्तृत पुनर्निर्माण प्रस्ताव नदिएसम्म रकम घोषणा नहुने

काठमाडौं । भोटेकोशी बाढीपछि पुनर्निर्माणका लागि भारतसँग सहयोग माग्न पुगेका