२०८३, १० श्रावण सोमबार

सुनको सिक्री लुटपाट गरेको आरोपमा ४ जना पक्राउ

सुनको सिक्री लुटपाट गरेको आरोपमा ४ जना पक्राउ


काठमाडौं । सुनको सिक्री लुटपाट गरेको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौं बागबजारका सुरज गुरुङ, वीरगञ्ज घर भइ क्षेत्रपाटी बस्ने अनवर हुसेन अन्सारी तथा भारतीय नागरिकहरू शक्ति भौमिक र सचिन गाड्वे छन् ।

प्रहरीका अनुसार गुरुङले चलाएको मोटरसाइकलमा बसेर अन्सारीले भदौ २५ गते काठमाडौंको कुलेश्वर
बस्ने अफ्सरा श्रेष्ठको घाँटीमा लगाई राखेको अन्दाजी २ तोला बराबरको सुनको लकेट सहितको सिक्री लुटेका थिए ।

पक्राउ परेका भारतीय नागरिकमाथि भने त्यो सिक्री किनेको आरोप छ । असोज १ गते पक्राउ परेका उनीहरुका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८०, २ आश्विन मंगलबार  ३ : ४१ बजे

लुम्बिनी सरकारबाट कांग्रेस बाहिरिँदै, पाँच मन्त्रीले आजै राजीनामा दिने

रुपन्देही । नेकपा एमाले र नेकपाबीच सत्ता सहकार्यका लागि सहमति

इरान युद्धमा ट्रम्प प्रशासनभित्रै ‘रणनीतिक विद्रोह’, भान्स र सेना प्रमुखले रोके लामो युद्धको बाटो

काठमाडौं । इरानमाथि करिब दुई सातादेखि जारी अमेरिकी सैन्य कारबाहीमा

पत्रकारमाथि चरित्रहत्या गर्ने कर्मचारीलाई प्रेस चौतारीको कडा चेतावनी

काठमाडौं । समाचार प्रकाशन गरेको विषयलाई लिएर जयपृथ्वी नगरपालिकाका आन्तरिक