२०८२, १४ पुस सोमबार

आजको युगमा पनि खानकै लागि संर्घष गर्नु लज्जास्पद : अध्यक्ष ओली

आजको युगमा पनि खानकै लागि संर्घष गर्नु लज्जास्पद : अध्यक्ष ओली


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले, आजको युगमा पनि खानकै लागि संर्घष गर्नु पर्ने अवस्था आउनु दुखद भएको टिप्पणी गरेका छन् ।
सोमबार काठमाडौंमा आयोजित नेपालमा विज्ञान र प्रविधिको वर्तमान अवस्था र चुनौतीहरू सम्बन्धी राष्ट्रिय गोष्ठीलाई सम्बोधन गर्दै उनले २१ औं सदाब्दीमा खानाकै लागि संघर्ष गर्नु पर्ने स्थिति लाजामर्दो विषय भएको बताएका छन् ।
उनले मानिसकै गलत प्रवृतिका कारण माटोको उर्वराभूमि नास भएको भन्दै उनले बाच्नका लागि मात्रै संर्घष गर्नु पर्ने स्थिति लज्जास्पद भएको बताए । त्यस्तै प्रर्याप्त सम्भावना भएर पनि विद्युत उत्पादन नभएको कारण नेपालमा विद्युत वितरणमा समस्या आएको टिप्पणी गरे ।

उनले उत्पादन र विकासमा प्रविधिको प्रयोग गरेमा विद्युतको खपत पनि बढि हुने बताए । कृषिको आधुनिकीकरणमा बिशेष जोड दिनुपर्ने उनको भनाई छ । उनले भने, ‘अहिले उद्योगहरुले विद्युत पाएको छैन् । सव स्टेशन छैन् त्यसकारण विद्युत सप्लाई गर्न सकिएको छैन । उद्योगहरुले अहिले पनि मागिरहेका छन् । हामीलाई चाँहिदो विद्युत उत्पादन भएको छैन् । पुग्दो उत्पादन भएपनि हामीले कसरी उपभोग गर्ने पनि सिकाएको छैन् । ’

अर्को प्रशंगमा उनले नेपाल मासुमा आत्मानिर्भर भयो भने पनि ट्रकका ट्रक खसी बोका आयात भईरहेको भन्दै भने, ‘नेपाल मासुमा आत्मानिर्भर भयो भनेको छ र पनि दिनका दिन ट्रकका ट्रक खसी बोका आईरहेका छन् । आत्मानिर्भर छ भने खसी बोका कहाँ जान्छ ? त्यसको पनि जानकारी लिन आवश्यक छ । आत्मनिर्भर छौं भनेको छ । मुस्ताङबाट च्याङग्रा पोखराबाट यता आउँदैनन् । ’

प्रकाशित मिति : २०८०, १ आश्विन सोमबार  ७ : २० बजे

रास्वपा र उज्यालो नेपालबीच एकता सहमति, हस्ताक्षर तयारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीच

एमालेको समानुपातिक बन्दसूची निर्वाचन आयोगमा पेश, को-को समेटिए ?

काठमाडौं । नेकपा एमालेले समानुपातिक तर्फको बन्दसूची निर्वाचन आयोगमा पेश

सिंहदरबारमा जेनजी समूहको हुलदंगा

काठमाडौं । सरकार र जेनजीबीचको सम्झौता सिंहदरबारमै च्यात्ने समूहका युवाहरूले

बालेन-रवि मिलाउन कुलमानलाई ‘गाडीमै राखेर’ वार्तामा, सुदनको दबाब

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र राष्ट्रिय स्वतन्त्र

सात सचिवको सरुवा : गृह सचिव दंगाल हटाइए

काठमाडौं ।  सरकारले गृह सचिव रामेश्वर दंगाललाई तीन महिनामै हटाएर